बढ्दो छ चरा अवलोकनको क्रेज

आदित्य पाल –

हामी काठमाडौँको विभिन्नठाउँमा दूरविन र क्यामरा तेर्साएर रुखतिर हेर्दा मान्छेहरु आचम्मामान्दै सोध्छन्,

“तपाईहरुके हेर्दै हुनुहुन्छ ?”

“हामी चरा हेर्दैछौँ” भन्दाएकछिन अक्मकिनछन् ।

अनि हामी भन्ने गर्छाँै, तपाईको ठाउँमा थरिथरिका चराचुरिंगाहरु छन र हामी चरा अवलोकन गर्न आको, हाम्रो अध्यान पनि चराकै बारेमा हो र चरा कस्तो ठाउँमा बस्छ, के के कुरा खान्छ, जमै कुरा हामी अवलोकन गर्छौ ।

आदित्य पाल

मलाई आज पनि याद छ, हाम्रो स्नातकोत्तरको प्रयोगात्मक अभ्यास अन्तर्गत चरा अवलोकनका लागि त्रिभुवन विश्वविद्यालयको जंगलमा लगियो । हामीलाई चरा अवलोकन गराउन सिजन ज्ञवाली दाइ आउनु भाको थियो । उहाँलाई चारको बारेमा धेरै ज्ञान र अनुभव छ ।

सिजन ज्ञवाली दाइलाई मैले सोधे “दाइ नेपालमा बुलबुल पाईंदैन है?” अनि दाइले भन्नुभो कसले भन्यो र तेस्तो नेपालमा धेरै किसिमका बुलबुलहरु छन्, तिमीले त्रिभुवन विश्वविद्यालय भित्रै पनि बुलबुलहरू देखन सक्छौ ।

त्यसपछि मैले बिस्तारै चरा अवलोकन गर्न थालेँ । रुचि पनि बढदै गयो र अहिले मेरो स्नातकोतरको सोध पत्र पनि चरामै गर्दैछु । चार चिन्नु सुरुमा निकै चुनौती पूर्ण कार्य लाग्छ ।

चराको भाले र पोथी प्राय बेग्लाबेग्लैरंगको हुन्छ, सुरु सुरुमा मान्छेहरु झुकिन्छन् कि दुई बेग्लै प्रजाति देखेँ भनेर । नेपाल पन्छी संरक्षणसंघले हरेक शनिबार काठमाडौँको विभिन्न ठाउँमा आयोजना गर्ने चरा अवलोकनमा नियमित रुपमा जना लागेँ अनि बिस्तारै मैले चिन्ने चराको संख्या नि बढदै गयो । आफूलाई नयाँ लाग्ने र न चिनेको चारको फोटो नेपाल पन्छी संरक्षणमा बिमल थापा दाइ देखाउने । उहाँले धेरै सहयोग गर्नु भयो ।

काठमाडौँ लगायत नेपालको विभिन्न ठाउँमा चार अवलोकनमा रुचि बढ्दो छ । चितवन, कोशो, पोखराहरु मा भने धेरै पहिलेबाट चरा अवलोकन गर्ने र चरामा कामहरु हुँदै आएको छ । पछिलो दिनमा अरु थुप्रै ठाउँमा यस्तो कार्यमा रुचि बढदै गरको छ ।

हामी सबैलाई थाहाभाकै कुरा हो, नेपालमा बर्सेनी हजारौँ पर्यटकहरु आउँछन्, उनीहरु मध्ये कति त चार अवलोकनकै लागि पनि आउँछन् । तिनीहरुको लागि पहिलो प्राथिमिकतामा फूलचौकी, कोशी, चितवन हुन्छ ।

नेपालमा मात्रै पाइने “काँडे भ्याकुर” उनीहरुको सूचिमा हुन्छ । कुन ठाउँमा कस्तो चार पाइन्छ भन्ने कुरा सामान्यतय त्यहाँको हावापानी, तापक्रमले निर्धारण गर्छ ।

हाम्रो देशमा पाइने चरा र अमेरिका युरोप तिर पाइने चार फरक हुन्छन्, नेपालमा चरा अवलोकन गर्न आउने पर्यटकहरु आफ्नो देशभन्दा फरक चरा हेर्न रुचाउँछन् ।

पहिले समयमा उमेर ढलकाहरु चार अवलोकनमा बढी देखिन्थे भने अब नयाँ पुस्तामा रुची बढेको छ । कतिले चरा लगायतका आन्य वन्यजन्तुको फोटो खिच्न रुचाउँ छन् । अहिले चारमै अनुसधन गर्ने विद्यार्थीको संख्या पनि बढ्दो छ ।

(आदित्य पाल प्राणीशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयमा प्राणीशास्त्र अध्ययनरत छन् र उनी चराकै विषयमा शोध पनि गरिरहेका छन् ।)

जेठ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्