कानपुर : सरकारी पसलमा विषालु रक्सी, १२ जनाको मृत्यु

भारतको कानपुरमा विषालु रक्सीका कारण १२ जनाको ज्यान गएको छ । सरकारी दोकानबाट किनेको रक्सी पिएका १२ जनाको ज्यान गएको हो । सरकारी दोकानको रक्सी पनि विषालु हुन्छ भन्ने सायदै कसैलाई लागेको थियो ।

तर शनिबार र आइतबार गरी कानपुरका विभिन्न ठाउँमा १२ जनाको ज्यान गएको छ । शनिबार ६ जनाको कानपुर नगरको सचेन्डी क्षेत्रमा ज्यान गयो भने आइतबरा कानपुरको ग्रामीण क्षेत्र रुरामा ६ जनाको ज्यान गयो ।

विषालु रक्सीका कारण अरु धेरै मानिस बिरामी भएका छन् र उनीहरुको कानपुरमा रहेको हेलट अस्पतालमा उपचार भइरहेको छ । सरकारले चार जनालाई पक्राउ गरेको छ ।

सरकारले ज्यान गुमाउनेका परिवारलाई दुई लाख भारु तथा बिरामीलाई ५० हजार भारु दिने घोषणा गरेको छ ।

सुरक्षित मानिएको रक्सीमा घरेलु विषालु रक्सी मिसाएर बेचेका कारण यो घटना भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

जेठ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्