धनगढी – साढे १६ हजार रुपैयाँ र सुनका गहना चोरेर फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहराका श्याम जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार जोशीले धनगढी उपमहानगरपालिका ८ का राजु बमको घरबाट आइतबार बेलुका १६ हजार ५ सय ६८ रुपैयाँसहित एउटा सुनको मंगलसुत्र, सुनको तिलहरी र सुनको हार तथा सुनको झुम्का चारवटा चोरी गरेका थिए ।

चोरी भएको पैसा र गहनासहित जोशीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर वलीले बताए ।

जोशी विरुद्ध जिल्ला अदालतमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जेठ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्