विश्वकप फुटबल : उपाधि जित्न सक्ने टिम

अर्जेन्टिनाको टिम घोषणा, मेस्सीसहित को परे, को छुटे ?

विश्वकप फुटबलको दाबेदार मध्ये एक मानिएको अर्जेन्टिनाले आउँदो जुन १४ देखि रुसमा सुरु हुने विश्वकप फुटबल २०१८ का लागि टिम घोषणा गरेको छ ।

विश्वकपका लागि घोषणा गरिएको टिममा स्टार स्ट्राइकर लियोनल मेस्सीसहित २३ खेलाडी छन् । जसमा सर्जियो अग्युरो, पाउलो डिबाला र गोन्जालो हेगुइनसहितका प्रमुख खेलाडी छन् ।

तर इटालियन सिरी ए फुटबल क्लब इन्टर मिलानका माउरो आइकार्डी भने टिममा परेका छैनन् । अर्जेन्टिनाका प्रशिक्षक जोर्गे साम्पाओलीले घोषणा गरेको टिममा म्यानचेस्टर सिटीका अग्युरोसँगै इंग्लिस प्रिमियर लिगमा खेल्ने ६ खेलाडी परेका छन् ।

अर्जेन्टिनाले विश्वकप अभियानको सुरुवात आउँदो १६ मा पहिलो पटक विश्वकप खेल्न लागेको टिम आइसल्याण्डसँग प्रतिस्पर्धा गरेर सुरु गर्नेछ । अर्जेन्टिना आइसल्याण्डसहित समूह डी मा छ र यो समूहमा क्रोएसिया र नाइजेरिया पनि छन् ।

अर्जेन्टिना रुस विश्वकपका लागि झण्डै छनौट हुनै मुश्किल परेको थियो । दक्षिण अमेरिकी क्षेत्रको छनौट चरण अन्तर्गत अन्तिम खेलमा मेस्सीको ह्याट्रिकमा इक्वेडरमाथि जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो ।

उत्कृष्ट खेलाडीले भरिएको टिम भए पनि अर्जेन्टिनाले छनौट चरणका १८ खेलमा मात्रै १९ गोल गरेको थियो । इटालीको शीर्ष लिगमा यो सिजन ३४ खेलमा २९ गोल गरेर पनि आइकार्डी भने टिममा पर्न सकेनन् ।

को को परे टिममा ?

गोलरक्षक : सर्जिओ रोमेरो, विली काबालेरो, फ्रान्को अर्मानी

डिफेन्डर : गाब्रिएल मेर्काडो, फडेरिको फाजिओ, निकोलास ओटामेन्डी, मार्कस रोजो, निकोलास ताग्लाफिको, जाभिएर मास्चेरानो, मार्कस एकुना, क्रिष्टिएन एनसाल्डी

मिडफिल्डर : एभर बानेगा, लुकास बिग्लिए, एन्जल डी मारिया, जिओभानी लो सेल्सो, म्यानुएल लान्जिनी, क्रिष्टिएन पाभोन, म्याक्सिमिलिएनो मेजा, एडुआर्डो साल्भिओ

फरवार्डस् : लियोनल मेस्सी, गोन्जालो हेगुइन, पाउलो डिबाला, सर्जिओ अग्युरो

जेठ ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्