संकटमा ट्रम्प–किम वार्ता

उत्तर कोरियालाई अमेरिकाको चेतावनी : डन्ट प्ले विथ ट्रम्प

अमेरिकाका उप–राष्ट्रपतिले उत्तर कोरिया नेता किम जोङ–उनलाई चेतावनी दिएका छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्डा ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच आउँदो जुन १२ मा सिंगापुरमा वार्ता हुने मिती तय भएको छ । तर अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासका कारण प्रस्तावित वार्ता हुनेमा शंका उत्पन्न भएको छ ।

उत्तर कोरियाले संयुक्त सैन्य अभ्यासको विरोध गर्दै दक्षिण कोरियासँगको फलो अफ वार्ता रद्द गरेको छ । त्यो वार्ता अघिल्लो बुधबार हुने तय थियो ।

त्यसपछि ट्रम्प–किम वार्ता पनि संकटमा परेको देखिएको छ । यहिबिचमा अमेरिकी उप–राष्ट्रपति माइक पेन्सले उत्तर कोरियाका नेता किम जोङ–उनले राष्ट्रपति ट्रम्पसँग खेलीरहेको आरोप लगाएका हुन् ।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासले उत्तर कोरिया रुष्ट भएको छ । तस्बिर : एएफपी

प्रस्तावित वार्तामा ट्रम्पसँग ‘खेल्न’ खोजेमा त्यो निकै घातक हुने पेन्सले चेतावनी दिएका हुन् । उनले फक्स न्युजसँगको अन्तर्वार्तामा भनेका छन्, ‘किम जोङ–उनले डोनाल्ड ट्रम्पसँग खेल्न सक्छु वा खेल्छु भन्ने सोचेका छन् भने त्यो उनका लागि निकै घातक हुनेछ ।’

पेन्सले वार्ता सोचे जस्तो हनु नदेखिएमा ट्रम्प बिचमै उठ्न सक्ने पनि बताए । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाको परमाणु निशस्त्रिकरणका लागि लिबिया मोडल अपनाउनु पर्ने सुझाव दिएपछि उत्तर कोरियाले त्यसको कडा प्रतिवाद गर्दै वार्ता नै रद्द गर्न सक्ने चेतानवी दिएको थियो ।

सिआइएका निर्देशकतर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामा परमाणु निशस्त्रिकरणका लागि लिबिया मोडल नअपनाइने बताएका छन् ।

सन् २००३ मा लिबियाका शासक माउमर गद्दाफी परमाणु कार्यक्रम छोड्न तयार भएका थिए । तर उनलाई पछि पश्चिमा देशकै सहयोग पाएको बिद्रोही सेनाले हत्या गरेको थियो ।

जेठ ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्