विश्वकपमा इंग्ल्याण्डको कप्तान ह्यारी केन

आउँदो जुन १४ देखि रुसमा सुरु हुने विश्वकप फुटबलमा इंग्ल्याण्डको कप्तान ह्यारी केन रहने भएका छन् । प्रक्षिक ग्यारेथ साउथगेटले केनले विश्वकप फुटबलमा टिमको कप्तानी गर्ने घोषणा गरेका हुन् ।
२४ वर्षका केनले भर्खरै सकिएको सिजनमा सबै प्रतियोगितामा गरेर ४१ गोल गरे । उनको टिम टोटनह्याम प्रिमियर लिगमा तेस्रो स्थानमा रह्यो । साथगेटले भने, ‘ह्यारीसँग यस्तो व्यक्तिगत क्षमता छन् जसले टिमलाई नेतृत्व गर्न सहयोग गर्छ ।’
Gareth Southgate: “Harry has some outstanding personal qualities.
“He is a meticulous professional and one of the most important things for a captain is that they set the standard every day.” pic.twitter.com/JSymXKMlL0
— England (@England) May 22, 2018
केनले पछिल्लो पटक गएको वर्ष विश्वकप छनौट अन्तर्गत स्कटल्याण्डसँगको खेलमा टिमको कप्तानी गरेका थिए । त्यो खेलमा केनले टिमका लागि अन्तिम समयमा बराबरी गोल गरेका थिए । खेलमा इंग्ल्याण्ड २ २ को बराबरीमा रोकिएको थियो ।
केनले टिमको कप्तानी गर्न पाउँदा आफू निकै खुशी रहेको बताएका छन् । र विश्वकपका लागि आतुर रहेको पनि उनको भनाई छ ।