मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- १४)

नेपालीलाई बन्द भएको त्यो ढोका सधैँका लागि खोलेँ

एफआरसिएस प्राइमरीको तयारी पूरा भएपछि निर्धारित मितिमा म जाँच दिन गएँ। त्यो बेला हाम्रो सडक विभागको इन्जिनियर गोपालशक्ति प्रधान मसँग तालिममा जानुभएको थियो। उहाँ र म एउटै फ्ल्याट सेयर गरेर बस्थ्यौं। मलाई जाँचमा उहाँ पुर्‍याउन जानुभयो हलसम्म। मैले भनेँ उहाँलाई, ‘दाइ म त यसो हेर्दा पास हुन्छु जस्तो छ।’ उहाँले ‘जाँचै सुरु भाको छैन पास हुन्छु भन्ने’ भन्नुभयो।

‘२५ प्रतिशत पास हुन्छन् यो जाँचमा। तिनीहरुमध्ये १५ प्रतिशत पहिलो चरणमा र १० प्रतिशत रिपिटबाट पास हुन्छन्। २५ प्रतिशतभित्र पर्छु जस्तो लाग्यो हलमा जम्मा भएका साथीहरु हेर्दा’ भनेँ। उनीहरुले पास गराउनेको संख्या २५ प्रतिशतभन्दा माथि लाँदैनन्। त्यही अनुसार प्रश्न तयार गरेको हुन्छ। भएन भने उठाउँछन्, पासमार्क पनि यतिभन्दा तल नझार्ने भन्ने हुन्थ्यो, त्यो मलाई थाहा थियो। म फेरि इक्जामिनरहरुसँगै काम गर्थेँ। मेरा कन्सलटेन्टहरु सबै कलेजका इक्जामिनरहरु। उहाँहरुले कति जान्नु भएको छ, के सोध्नु हुन्छ भन्ने मलाई थाहा थियो। मेरो ओभर कन्फिडेन्स देखेर उहाँले अचम्म मान्नुभयो। ‘ल ल पहिला जाँच दिनुहोस्’ भनेर उहाँ कोठातिर फर्किनुभयो।

म परीक्षा हलमा पसेँ। मल्टिपल च्वाइस प्रश्न-उत्तर लेखेर बुझाएर बाहिर निस्कें। एक दिनमै सकिन्थ्यो तीनवटै पेपर। एनाटोमी, फिजियोलोजी, प्याथोलोजी तीनवटा मात्रै भएपनि कठिन थियो।

प्राइमरीको जाँच दिएर बाहिर निस्किएपछि सपिङ सेन्टर भएर आउनु पर्थ्यो। एउटा टाइ किनेँ। त्यो टाइ पछिसम्म लगाउँथे म। त्यहाँ जाँचको रिजल्ट आउन धेरैबेर लाग्दैन। बिहान जाँच सकियो साँझ रोयल कलेजमा गएपछि थाहा भैहाल्ने। बिहान एनसिपी भयो, अनि साँझ ओरल हुन्थ्यो।

दिउँसो ओरलमा जाँदा अलिक तयारी गरेर जानुपर्ने। सुट–टाई लगाएर ओरलमा गयौं हामी। ओरल राम्रै भयो। एउटा चमत्कारचाहिँ के भयो भने ओरलमा एकजना पिडियाट्रिक सर्जन हुनुहुँदोरहेछ। उहाँले भिटामिन सी डिफिसियन्सीको कुरा सोध्दै जाँदा बच्चाहरुमा कसरी अफेक्ट गर्छ भन्दाखेरि मैले हड्डीभित्रको पेरियोस्टियमभित्रको ब्लिडिङचाहिँ डेन्जर हुन्छ भनेँ। असाध्यै पेनफुल हुन्छ बच्चाहरुमा। त्यो एक्युट बोन इन्फेक्सनसँग झुकिन्छ। यति फियरफुल हुन्छ कि बच्चाले ढोका खोल्दाखेरि पनि उसलाई दुख्छ भन्नेबित्तिकै ती सर्जनले भने, ‘एक्ज्याक्ट्ली। म पिडियाट्रिक सर्जन हुँ ओस्टोमाइल्याटिस्ट भएको बच्चाको भन्दा बढि दुख्छ यो पेरियोस्टियम ब्लिडङमा।’

पाँच बजे रिजल्ट आउँथ्यो। फर्किएर त्यही बाटो रोयल कलेजमा पस्यौं। हामी पुग्दा रिजल्ट झुन्ड्याएको थियो। त्यहाँ फस्ट-सेकेन्ड भन्ने चलन छैन। पास र फेल मात्रै भन्ने चलन छ। पार्टी कन्टिन्यूटी भयो।

तीनवटा टेबलमा ओरल भयो। मैले अन्दाज गर्थेँ, यिनीहरुले सोध्ने सम्भाव्य प्रश्न के होला? नेपालबाट आएको भनेपछि हाइअल्टिच्युटमा के के हुन्छ रेस्पेटरी चेन्जेज भनेर सोध्छन्। फिजियोलोजीमा त्यो सोचेर यस विषयमा मैले राम्रै तयारी गरेको थिएँ। हाइअल्टिट्युट्स सिकनेसको विषयमा। केके हुन्छ लङ्समा, ब्रेनमा के हुन्छ!

अक्सिजन नपुग्ने ठाउँमा मान्छेहरु किन मर्छन् भनेर नेपालमा प्रकाशित भएका पेपरहरु पढिसकेको थिएँ। नभन्दै त्यो ट्रयापमा एक्जामिनरहरु परिहाले। फ्याट्ट सोधिहाले अनि मैले मजासँग जवाफ दिएँ। खुसी भए। त्यसरी तीनवटै टेबलमा राम्रो भयो। म बाहिर निस्कन्छु त, त्यो रोयल कलेजमा हाम्रो इन्जिनियर साब् र त्यो बेला एनेस्थेसियाको ट्रेनिङको लागि आएका  डा. दिशारत्नमान श्रेष्ठ पनि पुग्नुभएको थियो। दुई जना त झोला लिएर बाहिर कुरिरहनुभएको रहेछ। तपाईंहरु किन आउनु भएको भनेको त, भरे पार्टी गर्न किनमेल गर्न आएको भन्नुभयो। मैले रिजल्ट नै आएको छैन केको पार्टी गर्ने भनेँ। ‘पास भैलिन्छ नि ल जाउँ पहिला सपिङ गरौं’ भन्नुभयो।

नजिकैको सपिङ सेन्टरमा गएर बेलुकाका लागि ड्रिंक्सहरु, स्न्याक्सहरु किन्यौं। त्यसो गर्दागर्दै एक डेढ घण्टा गइहाल्यो। पाँच बजे रिजल्ट आउँथ्यो। फर्किएर त्यही बाटो रोयल कलेजमा पस्यौं। हामी पुग्दा रिजल्ट झुन्ड्याएको थियो। त्यहाँ फस्ट-सेकेन्ड भन्ने चलन छैन। पास र फेल मात्रै भन्ने चलन छ। पार्टी कन्टिन्यूटी भयो।

भोलिपल्ट म काममा ज्वइन गरिहालेँ। आइसियुमा गएँ। राउण्ड भयो। म केही पनि बोलिन। आइसियुबाट बाहिर निस्किँदाखेरि एक जना तान्जानियाबाट आउनु भएको डाक्टर हुनुहुन्थ्यो। हामीभन्दा सिनियर रजिस्ट्रार हुनुहुन्थ्यो। अनि उहाँले बाटामा कसैले नसुन्ने गरेर तिम्रो जाँच के भो हिजो भनेर सोध्नुभयो। मैले पास भएँ भने।

हे उल्लु यहाँ त जाँच पास भएको मान्छेले त म पास भएँ भनेर चक्लेट खुवाउनुपर्छ सबैलाई, जाँच दिन गाको मान्छे केही नबोली काम गर्न थाल्यौ भने त सबैले फेल भएछ भन्ने सम्झन्छन्। पास भाको त आफैं एनाउन्स गर्नुपर्छ, किन नभनेको भन्नुभयो। मैले थाहा थिएन भनें। त्यसपछि उहाँले सबैभन्दा पहिले मलाई त्यो बेलाको असाध्यै चर्चित कन्सलटेन्ट हुनुहुन्थ्यो, साम गलब्रेथ, उहाँसँग भेट गराउनुभयो। पछि उहाँ बेलायतको मन्त्री पनि हुनुभयो। उहाँ लेवर पार्टीको राजनीति पनि गर्नुहुन्थ्यो। उहाँकामा लगेर ‘सिनियर रजिस्ट्रार पहिलो पटकमा हिजो प्राइमरी पास गर्‍यो’ भनेर चिनाइदिनु भयो। साम के काम गर्दै हुनुहुन्थ्यो। तर त्यो काम छाडेर मलाई चिया खान लिएर जानुभयो। टीरुममा गएको त मिस्टर हाइड, प्रोफेसर टिजडनहरु बसिरहनु भएको रहेछ कफी खाँदै, बिहान ९ बजेतिर।

साम ढोकाबाट कराउँदै पस्नुभयो, ‘हि पास्ड हिज प्राइमरी इन द फस्ट गो।’ मेरो प्रोफेसरले उतातिर फर्केर ‘आइ गट इन द सेकेन्ड गो’ भन्नुभयो। त्यसपछि मलाई महसुस भयो अब मेरो सम्मान यो इन्स्टिच्यूटमा झन् बढ्यो। त्यहाँ निरन्तर काम गर्दै गरें। फाइनलको लागि तयारी पनि गर्न थालें।

प्राइमरीको फस्ट पार्ट पनि पास गरेपछि फाइनलको लागि उहीँ बस्ने तयारी गर्दै थिएँ। त्यही बीचमा चाहिँ मलाई के हुने हो– के हुने हो भन्ने लाग्यो।

प्रोफेसरलाई गएर भनें – मलाई ग्लास्गोमा निरन्तर जागिर मिल्दैन भनें अक्सफोर्ड जान्छु। त्यहाँ क्रिस अडाम्सले एमसिएच गराउँछु भनेर लेख्नु भाको छ। म एमसिएच गरेर फर्किन्छु भनेँ। उहाँले केही पनि भन्नुभएन मलाई। त्यसको १५ दिन पछि नेपालबाट डा. गंगोलले एउटा फोटोकपी हालेर पत्र पठाउनुभो।

प्रोफेसर टिजडनले उहाँलाई लेखेको पत्रको फोटोकपी गर्नुभएको रहेछ। प्रोफेसर टिजडनले निक्कै राम्रो पत्र लेख्नुभएको रहेछ। देवकोटाले मलाई अक्सफोर्डमा गएर एमसिएच गर्छु भन्या छ, म तपाईंलाई के सल्लाह दिन्छु भने उसलाई सम्झाउनुस्, एमसिएच बेलायतमा उपल्लोस्तरको डिग्री मानिँदैन, उ एफारसिएस गर्न सक्ने मान्छे भा भएर उसलाई एफारसिएस गरेर न्युरोसर्जरी तालिम निरन्तर गर्न उत्साहित गरेर तपाईंले पत्र लेख्नुस्, भनेर लेख्नु भएको रहेछ। त्यसपछि ‘म पनि ल एफआरसिएस’ गर्ने भनेर त्यहीँ बसेँ। त्यसबेलासम्म नोभेम्बरको जाँच आइसक्न लागेको थियो। म जाँचको तयारीमा लागेँ।

जुनमा प्रोफेसर टिजडनले मेरो अफिसमा आएर भन्नुभयो–  म तिमीलाई केही अनुरोध गरौं? त्यति ठूलो मान्छेले के अनुरोध गर्ने होला भन्ने लाग्यो। उहाँले भन्नुभयो, ‘दुईजना रजिस्ट्रार काम गर्न नसक्ने अवस्थामा छन्। एक जना हेपाटाइटिस भएर अप्रेसन गर्न नसक्ने भई बसेको छ।’ अर्को एक जना बिहेको छुट्टी लिँदैछ। रजिस्ट्रारको सर्टेज भएको बेलामा मेन काम गर्ने मान्छे तिमी नै हुने भयौ। दुई तीन जनाको काम लिनु पर्ने भएकाले तिमीलाई धेरै कामको लोड पर्छ। तिमीले फाइनलको जाँच नोभेम्बरपछि देऊ न।’

उहाँहरुलाई मैले बाटो खोलिदिएको भएर ब्रिटिस काउन्सिलले तिमीहरु एफआरसिएस गर भनेर सम्झायो। अब तिमीहरु पनि यहाँ फेलोसिप गर भन्यो। बन्द भएको त्यो ढोका मैले खोलें ब्रिटिस काउन्सिलको।

मसँग एस सर भन्ने बाहेक विकल्प थिएन, ‘हुन्छ सर’ भनें। यसरी मैले फेलोसिपको फाइनल प्रोफेसर टिजडनको अनुरोधमा २/३ महिना सार्नुपर्‍यो। अक्टुबर वा नोभेम्बर थियो, जनवरीमा दिएँ। मैले प्राइमरी पास गरिसकेपछि मलाई साह्रै चित्त दुखेको ब्रिटिस काउन्सिलको व्यवहार देखेर। म लन्डन गएँ। मेडिकल काउन्सिलको डाइरेक्टर चेन्ज भइसक्नु भएको थियो, उहाँलाई आफ्नो कुरा राखें। तिमीहरुले मलाई हेपेर जाँच दिन दिएनौ। मैले आफैं पढेर प्राइमरी पास गरिसकेको छु। तिमीहरुले तीन वर्ष मलाई यहाँ राख्नुपर्ने बाध्यता छ। मलाई जनरल सर्जरी गर्नु पनि पर्दैन, फाइनल दिनका लागि। म त्यो यसै दिनेवाला छु उसै दिनेवाला छु। म तिमीहरुलाई खालि जानकारी गराउन मात्र आएको भनें। उहाँले सरी भन्दै मार्गरेटले त्यसरी भनेकोमा आफूलाई नरमाइलो लागेको र नेपालीले पास गर्न सक्छन् भनेर मैले प्रमाणित गरेको बताउनुभयो। मलाई फाइनल जाँच दिनू भन्नुभयो। उहाँले मेरो प्राइमरीमा लागेको शुल्क पनि हामी व्यहोर्छौं भन्नुभयो। ब्रिटिस काउन्सिलले १ सय ८५ पाउड भएको रहेछ प्राइमरीको शुल्क, त्यो रिफन्ड गरेर उदारता देखायो। फाइनलको लागि पनि शुल्क हामी तिर्छौं भने। मैले ब्रिटिस काउन्सिलकै सहयोगमा फाइनल जाँच दिएँ। खुशीको कुरा, म त्यसलाई सुल्झाएर (सर्ट आउट) गरेर आएँ।

त्यसपछि जाने नेपाली डाक्टरलाई सजिलो भयो। आँखाको तालिम गर्ने भनेर भागवत नेपाल र जीवन श्रेष्ठ जानुभो। उहाँहरुलाई मैले बाटो खोलिदिएको भएर ब्रिटिस काउन्सिलले तिमीहरु एफआरसिएस गर भनेर सम्झायो। अब तिमीहरु पनि यहाँ फेलोसिप गर भन्यो। बन्द भएको त्यो ढोका मैले खोलें ब्रिटिस काउन्सिलको।

जेठ ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्