इंग्ल्याण्डले विश्वकप जित्न सक्छ : केन

इंग्ल्याण्डका नयाँ कप्तान ह्यारी केनले आफ्नो टिमले विश्वकप फुटबलको उपाधि जित्न सकेने बताएका छन् । उपाधि बाहेक अरु कुनै पनि चित आफूहरुका लागि सन्तोषजनक नरहेने उनलेब ताएका छन् ।
२४ वर्षका केनलाई प्रशिक्षक ग्यारेथ साउथगेटले उनलाई कप्तान बनाउन लागेको जानकारी केही हप्ताअघि नै गरेका थिए । तर यसको औपचारिक घोषणा भने मंगलबार मात्रै भएको हो ।
केनले हालै सकिएको सिजनमा टोटनह्यामका लागि सबै प्रतियोगितामा गरेर ४१ गोल गरेका थिए । केनले भने, ‘विश्वकपको उपाधि उचालेको सपना नदेख्नु असम्भव छ, किनकी यो विश्वकै ठूलो प्रतियोगिता हो ।’
नयाँ कप्तान केनले अघि भने, ‘मलाई विश्वास छ हामी जित्न सक्छौँ, हामी मात्रै होइन अरु कसैले पनि सक्छ । हामी जित्नका लागि जाँदै छैनौँ भन्न सक्दिन ।’
आफ्नो मानसिकता जित्ने रहेको र जित्न सकिने पनि उनले बताएका छन् । टिमका खेलाडीको चाह पनि त्यस्तै रहेको केनको भनाई छ । केनले भने, ‘हामीलाई सम्भावित विजेताको रुपमा हेरिएको छैन तर यो प्रतियोगितामा हेरौँ न है ।’
आफूसहित टिमका अरु खेलाडी पनि योङ्ग नै रहेको र यो एक्सक्युज नभएर बलियो पक्ष रहेको उनले बताएका छन् ।