रोहिंग्याले गरेका थिए हिन्दुको नरसंहार

आफन्त मारिँदै गरेको देख्यौँ वा उनीहरुको चिच्च्याहट सुन्यौँ

सांकेतिक तस्बिर,नरसंहारमा मारिनेमा बालबालिका पनि थिए । तस्बिर : इपिए

मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलका अनुसार गएको वर्षको अगस्टमा रोहिंग्या मुसलमान चरमपन्थीले हिन्दुको आम नरसंहार गरेको बताएको छ ।

आरसा नाम गरेको रोहिंग्या मुसलमान संगठनले सम्भवतः एक वा दुई नरसंहारमा गरी ९९ जना भन्दा बढी हिन्दुको हत्या गरेको आफ्नो अनुसन्धानको क्रममा देखिएको एम्नेस्टीले जनाएको छ ।

विज्ञापन

तर आरसाले भने आफूले कुनै पनि किसिमको नरसंहार नगरेको बताउने गरेको छ । म्यानमारमा सेना विरुद्ध बिद्रोह सुरु भएकै बेला यो घटना भएको एम्नेस्टीले उल्लेख गरेको छ । म्यानमारको सेनाले रोहिंग्या मुसलमान समुदायमाथि अत्याचार गरेको आरोप छ ।

म्यानमारनमा गएको वर्षको अगस्टमा सुरु भएको हिंसापछि अहिलेसम्म ७ लाख भन्दा बढी रोहिंग्या समुदाय विस्थापित भएका छन् ।

हिंसाका कारण म्यानमारमा रहेका बहुसंख्यक बुद्धिष्ट तथा अल्पसंख्यक हिन्दु बस्ती पनि विस्थापित भएका छन् । तर बुद्धिष्ट समुदाय र सेनाको हिंसाका कारण रोहिंग्याा बढी समस्यामा परेका छन् ।

एम्नेस्टीका अनुसार म्यानमारबाट विस्थापित भएर बंगादेश आएका तथा म्यानमारकै रखाइनमा धेरैसँग अन्तर्वार्ता गरिएको थियो । त्यसबाट अराकान रोहिंग्या सेलवेशन आर्मी, आरसाले हिन्दुको हत्या गरेको पुष्टि भएको उसको भनाई छ ।

यो घटनामा हिन्दु बहुल मौंगदा क्षेत्रको गाउँमा भएको थियो । सन् २०१७ को अगस्टमा प्रहरी चौकीमा आक्रमण भएकै बेला यो घटना भएको एम्नेस्टीले उल्लेख गरेको छ ।

आरसाका सदस्यले हिन्दु महिला, पुरुष तथा बालबालिकालाई गाउँ बाहिर लगेर हत्या गरेको एम्नेस्टीको रिपोर्टमा उल्लेख गरिएको छ ।

यो घटनामा बाँचेका हिन्दुले आफूहरुले आफन्त मारिँदै गरेको देखेको वा उनीहरुको चिच्च्याहट सुनेको बताएको एम्नेस्टीले उल्लेख गरेको छ ।

गएको सेप्टेम्बरमा ठूलो संख्यामा रोहिंग्या समुदाय रखाइनबाट भागेर बंगलादेश आएका थिए । उनीहरुले सेना तथा स्थानीय अरु समुदायले आफूहरुमाथि गरेको अत्याचारको कथा सुनाएको थिए ।

त्यहि बेला म्यानमार सरकारले हिन्दुको सामूहिक चिहान फेला पारेको बताएको थियो । त्यहाँ सरकारले पत्रकारलाई लगेको थियो र शव देखाएको थियो । तर रखाइनमा स्वतन्त्र मानवअधिकार अनुसन्धानकर्तालाई जान भने दिएको थिएन ।

जेष्ठ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्