पुलिट्जर पुरस्कार विजेता उपन्यासकार फिलिप रोथको निधन

अमेरिकी उपन्यासकार फिलिप रोथको निधन भएको छ । पुलिट्जर पुरस्कार विजेता उपन्यासकार रोथको ८५ वर्षको उमेरमा मंगलबार निधन भएको उनको नजिका साथीलाई उद्धृत गर्दै द न्युयोर्करले जनाएको छ ।

रोथले सन् १९९८ मा ‘अमेरिकन पास्टोरल’ का लागि फिक्सन तर्फको पुलिट्जर पुरस्कार पाएका थिए । उपन्यासकार फिलिपको निधन भएको कुरा उनका नजिकका साथी जुडिथ थरम्यानले पुष्टि गरेको द न्युयोर्क टाइम्सले जनाएको छ ।

फिलिप उनको पुस्ताका सम्मानित उपन्यासकार मध्ये एक हुन् । उनी न्युयोर्क र केन्टुकीमा बस्दै आएका थिए । उनले साहित्यमा दिइने नोबेल पुरस्कार त पाएनन् तर अरु सबै जसो उच्च सम्मानहरु पाएका छन् ।

उनले दुई पटक राष्ट्रिय पुस्तकर अवार्ड, दुई पटक नेशनल बुक क्रिटिक्स सर्कल अवार्ड, तीन पटक पेन/फल्कनर अवार्ड, पुलिट्जर पुरस्कार तथा म्यान बुकर इन्टरनेशनल पुरस्कार पाएका छन् ।

उनले आफ्नो उमेरको ६० को दशकमा ऐतिहासिक उपन्यासको श्रृङ्खला नै प्रकाशित गरे । जसमा अमेरिकन पास्टोरल, द ह्युमन स्टेन र आइ म्यारिड अ कम्युनिष्ट रहेका छन् ।

यी उपन्यासमा उनले अमेरिका र अमेरिकनसँगको आफ्नो रि–इनगेजमेन्टको थिमलाई प्रयोग गरेका छन् ।

जेठ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्