महोत्तरीमा १८६ किलो गाँजा र एउटा पेस्तोल बरामद

महोत्तरी – महोत्तरीमा प्रहरीले १ सय ८६ किलो गाँजा र एक पेस्तोल बरामद गरेको छ । महोतरी प्रहरीले विशेष सूचनाको आधारमा जिल्लाको एकडारा गाउँपालिका अन्तर्गत अजमरपट्टीबाट छापामारेर १ सय ८६ किलो गाँजा बरामद गरेको हो ।

प्रहरीले प्याकिङ्ग गरिराखेको तयारी गाँजा समात्ने क्रममा इटालियन लेखेको होम मेड पेस्तोल र उक्त पेस्तोलमा लाग्ने तीन राउण्ड गोली समेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीले स्थानिय निरन्जन मण्डलको घरवाट चारपोका खुद्रागाँजा गरी ४६ किलो र स्थानीय चुनचुन देवी मण्डलको घरवाट १९ पोका गाँजा (१ सय ४० किलो) गाँजा बरामद गरेको जनाइएको छ । मण्डलको घर बाहिर बासको डालामा कपडामा बेरेर राखिएको पेस्तोल बरामद गरेको हो ।

महोत्तरीमा गाँजाको व्यापार वढेको जनगुनासो आएपछि महोत्तरी प्रहरी सकृय हुँदै गाँजाबारे सूचना संकलन गर्ने अभियान थालेर घरघरमा छापा मार्दा ठूलो परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यता, गाँजा फेला परेको घरका धनीहरु फरार भएका छन् । मकवानपुरमा गाँजाको खेती निर्वाध रुपमा हुने गरेको र सोही स्थानबाट गाँजा विभिन्न जिल्ला हुँदै भारतमा समेत सप्लाई हुने गरेको सुचना पाएपनि प्रहरीले पक्राउ गर्न नसकेको जनगुनासो बढेको हो ।

यसै क्रममा महोत्तरी प्रहरीले चालु आर्थिक वर्षमा मात्र ८० किलो भन्दा बढी तयारी गाँजा बरामद गरि सकेको छ भने दर्जनौ व्यक्तिमाथी मुद्दा समेत चलाई सकेको छ ।

जेठ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्