राजविराज विमानस्थल सञ्चालनमा; असार १ गतेबाट नियमित उडान हुने

काठमाडौं- बन्द भएको ११ वर्ष पछि राजविराज विमानस्थल सञ्चालनमा आएको छ।

गणेशमान सिंहले बि.स. २०१६ उद्घाटन गरेको विमानस्थल सञ्चालन हुने र बन्द हुने क्रम लामो समय चलेको थियो।

बि.स. २०६४ साल देखि विमानस्थल पुर्ण बन्द रहेको विमानस्थलमा आउँदो असार १ गतेबाट श्री एयरलाइन्स नियमित उडान गर्ने भएको छ।

बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले राजविराज विमानस्थलको नयाँ रनवेको उद्घाटन गरेपछि विमानस्थल सुरु भएको छ।

विमानस्थल उद्घनटन कार्यक्रममा कार्यक्रममा पूर्व पर्यटन मन्त्री जितेन्द्र नारायण देब, पूर्व परराष्ट्रमन्त्री उपेन्द्र यादव लगायत उपस्थित थिए।

तीस करोड तीस लाख रुपैयाँको लागतमा राजविराज विमानस्थल तयार पारिएको प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले जानकारी दिए । प्राधिकरणका अनुसार विमानस्थलको टर्मिनल भवन र टावर निर्माण आउँदो आर्थिक वर्षमा निर्माण गरिने छ।

विमानस्थलमा सिआरजे ८०० मोडलसम्मका जहाज संचालन गर्न सकिने प्राधिकरणले बताएको छ। प्राधिकरणका

अनुसार फ्लाइट सेड्युल तयार भएपछि स्थायी एयर ट्राफिक सर्भिस र प्रशासनका कर्मचारी राखिनेछ ।

नेपालमा हाल २५ विमानस्थल सञ्चालनमा रहेको थिए। अब राजविराज सहित २६ विमानस्थल सञ्चालनमा हुने छन्।

अझै देश भरमा १९ विमानस्थल बन्द छन्।

जेठ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्