पोकेटिनो टोटनह्याममै रहने पक्का

प्रशिक्षक माउरिसिओ पोकेटिनोले टोटनह्यामसँग नयाँ सम्झौता गरेका छन् । पोकेटिनोले टोटनह्यामसँग सन् २०२३ सम्मको सम्झौता गरेका छन् । ४६ वर्षका पोकेटिनो सन् २०१४ मा टोटनह्याम आएका हुन् ।

उनले टोटनह्यामलाई पछिल्ला तीन सिजनमा प्रिमियर लिगमा शीर्ष तीनमा पार्न सफल भएका छन् । टोटनह्याम अबको सिजन ह्वाइट हार्ट लेनमा फर्किने तयारीमा छ ।

भर्खरै किएको सिजन उसले वेम्बली स्टेडियममा खेलेको थियो । पोकेटिनोले क्लबसँग नयाँ सम्झौता गर्न पाएकोमा आफू खुशी रहेको बताएका छन् । टोटनह्याम आफ्ना लाग विशेष क्लब रहेको पनि उनले बताएका छन् ।

साउथह्याम्पटनका पूर्व प्रशिक्षक पोकेटिनोले प्रिमियर लिगमा केही समय अघि मात्रै २०० खेलको आँकडा पार गरेका थिए ।

जेठ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्