सन्दर्भ : विश्व थाइराइड दिवस

थाइराइड रोग कति प्रकारका छन् र उपचार विधि के?

काठमाडौँ – विश्व थाइराड दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदै छ । हरेक वर्ष मे २५ का दिन थाइराडका बारेमा सचेतना जगाउने उद्देश्यले यो दिवस मनाउने गरिएको छ ।

के हो थाइराइड ?

थाइराइड घाँटीमा हुने ग्रन्थी हो, यो रुद्र घन्टीको ठ्याक्कै तल हुन्छ । त्यसले थाइराइड हर्मोन उत्पादन गर्छ । त्यो हर्मनको उत्पादनमा गडबडी भयो भने थाइराइड लागेको भन्छौँ । कसै कसैको गन्थ्रीमा ट्युमर पलाएर पनि थाइराइड देखा पर्छ ।

थाइराइड रोग ३ किसिमका हुन्छन् । थाइराइड ग्रन्थीले कम काम गर्ने रोग, थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग र थाइराइड ग्रन्थीको क्यान्सर । थाइराइड ग्रन्थीले कम काम गर्ने रोगको लक्षणमा धेरै जाडो हुने, शरीर सुन्निने, छाला खस्रो हुने, काम गर्ने जाँगर नहुने हुन्छन् ।

त्यस्तै कब्जियत हुने, गलगाँड निस्कने, तौल बढ्ने, महिनावरी गडबड हुने, निसन्तान हुनु पनि थाइराइड रोगका लक्षण हुन् । थाइराइड ग्रन्थीले बढी काम गर्ने रोगको लक्षण भने थाइराइड ग्रन्थीले कम काम गर्ने रोगको लक्षण भन्दा अल्लि फरक हुन्छ ।

यसका लक्षण गर्मी महसुस हुनु, पसिना धेरै आउनु, मुटु धकधक हुनु, दिसा धेरै पटक लाग्नु, हात खुट्टा काम्नु, सास फुल्नु, निन्द्रा नलाग्नु हुन् ।

थाइराइड ग्रन्थीको क्यान्सरका लक्षण भनेका गलगाँड छिटो छिटो बढ्नु, गलगाँड दुख्नु, आवाज परिवर्तन हुनु, खान निल्न गाह्रो हुनु हुन् ।

थाइराइड कसरी लाग्छ ?

खानपिनको गडबडी अथवा कमी, बन्दा काउली धेरै खाएर यो रोग लाग्छ भन्ने हल्ला छ । बन्दा काउली धेरै खाएर यो रोग लाग्दैन । यो एक किसिमको अटो इमिनु रोग हो । थाइराइड ग्रन्थीको भाइरल इक्फेक्सनले हुन्छ । केही औषधिको सेवाले पनि यो रोग हुन्छ ।

उपचार विधि

थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिएमा बाहिरबाट थाइराइड हर्मोन सेवन गर्ने तर अप्रेसन गर्नु पर्दैन । औषधि परीक्षण गर्दा ६ महिनासम्म रगत जाँच गर्नुपर्छ ।

थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिएमा कम्तिमा १२ देखि १८ महिनासम्म औषधि खाने र गलगाँडको अप्रेसन गर्नु पर्छ । यस्तै रेडियोएक्टिभ नामक औषधि प्रयोग गर्नुपर्छ ।

यस्तै थाइराइड ग्रन्थीको क्यान्सर भएमा अप्रेसन गर्ने, अप्रेसनपछि रेडियो एक्टिभ औषधि प्रयोग गर्ने, उपचारमा नियमित जाँच गर्ने गर्नुपर्छ ।

जेठ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्