हार्बी वाइन्स्टिनले आत्मसमर्पण गर्ने सम्भावना

६६ वर्षका हार्बी वाइन्स्टिनले आफूले सहमति बिना कोहीसँग पनि यौन सम्बन्ध कायम नगरेको बताउँदै आएका छन् । तस्बिर : एपिएफ

यौन दुर्व्यवहारको आरोप खेपिरहेका हलिवुड मुगल हार्बी वाइन्स्टिनले न्युयोर्क प्रहरी समक्ष आत्मसमर्पण गर्ने सम्भावना रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

वाइन्स्टिनले शुक्रबार आत्मसमर्पण गर्ने नभए पक्राउ गर्ने तयारी रहेको बताइएको छ । उनीमाथि लागेका आरोपको अहिले अनुसन्धान भइरहेको छ ।

वाइन्स्टिनमाथि बलात्कार, यौन दुर्व्यहारसहितका धेरै आरोप लागेका छन् । तर उनले सबै आरोप अस्वीकार गर्दै आएका छन् । भएका सबै यौन सम्बन्धहरु सहमतिका रहेको उनको दाबी रहेको छ ।

वाइन्स्टिनमाथि यौन दुर्व्यहारको आरोपपछि ३ःभत्यय मुभमेन्ट सुरु भएको थियो । यसपछि हलिवुड भित्र र त्यो भन्दा बाहिर यौन दुर्व्यहारका धेरै घटना बाहिर आए र पीडितले बोल्न थालेका छन् ।

गएको नोभेम्बरमा न्युयोर्क प्रहरीले वाइन्स्टिनमाथि अभिनेत्री पाज डी ला हुएर्टाले लगाएको बलात्कार आरोपका बारेमा अनुसन्धान भइरहेको बताएको थियो । बलात्कार तथा यौन दुर्व्यहारका कारण उनको करिअर भने ध्वस्त भएको छ ।

जेठ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्