क्यानडामा रहेको भारतीय रेस्टुरेन्टमा बम विस्फोट

क्यानडाको टोरन्टो नजिक रहेको एक रेस्टुरेन्टमा विस्फोट हुँदा १५ जना घाइते भएका छन् । टोरन्टोको नजिक रहेको मिसिसागा हरमा रहेको बम्बे भेल रेस्टुरेन्टमा बिहीबार अबेर राति घरमा बनाइएको बम विस्फोट भएको हो ।
भारतीय रेस्टुरेन्टमा बिहीबार अबेर राति दुई व्यक्ति पसेर बम विस्फोट गराएका हुन् । विस्फोट लगतै आक्रमणकारी फरार भएको स्थानीय प्रहरीले जनाएको छ ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको र घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको बिबिसीले उल्लेख गरेको छ । विस्फोट केका लागि गरिएको हो भन्ने खुलेको छैन ।
जेठ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्