मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- १६)

अनि मैले बिहेको सोचाइ बनाउन थालेँ

सदर्न जनरलमा काम गर्दा म खुसी भएर हिँड्ने, त्यति ठूलो ठाउँमा काम गर्न पाएकोमा म सधैँ हँसमुख देखिन्थे। हाँस्ने कुरा गर्दाखेरि एउटा रोचक प्रसंग छ, अस्पतालको क्यान्टिनमा हामी खाना खान जाने, म त्यहाँ जान थालेको तीन महिना भइसकेको थियो। कुपन लिएर क्यूमा उभिएको, खान सर्भ गर्ने ठाउँमा पुगेपछि मैले कुपन दिएँ, ती महिलाले खाना दिइनन्। म टक्क रोकिएर बसेँ, एकैछिनपछि, ‘क्यान आई ह्याभ माई फुड प्लिज’ भने। जवाफ आयो ‘नो’।

‘आइ ह्याभ गिभन माई कुपन, ह्वाइ डन्ट यू गिभ मी माई फुड?’

‘नो, अनलेस यु स्माइल आइ डोन्ट गिभ यु।’

अनि म हाँसे, अनि ‘ओ देयर कम्स’ भनेर खान दिइन्। पछि बुझ्दै जाँदा ग्लास्कोमा मलाई ‘स्माइली’ नाम राखेका रहेछन् उनीहरुले। नर्सहरुले ‘तिम्रो दाँत किन यति राम्रा’ भनेर सोध्थे, मेरो दाँत सेता सफा, कुनै पनि क्यारिज नभएको। मेरो जवाफ थियो, मैले केटाकेटी हुँदा क्यान्डी खाने मौका नै पाइन, हामीसँग पैसा नै हुँदैन थियो। क्यान्डी, चकलेट खाएर दाँत कुहाउने मौका पाइन, त्यही भएर दाँत सफा भएको अरु कुनै ट्रिक्स नै छैन। क्रिसमसको बेलामा पनि हरेक वार्डमा पार्टी हुने, जाँदाखेरि हे स्माइली भनेर बोलाउथेँ, त्यति फ्रेन्डली थिए स्कटिसहरु।

फेलोसिप पास गरेको भोलिपल्ट म फेरि गए सदर्न जनरलमा, यद्यपि म अक्सफोर्डमा काम गर्न थालिसकेको थिएँ। इन्स्टिच्यूटमा पास भएको खबर सुनाएँ। सबैले एन्टिसिपेट गरिसकेका रहेछन्। प्राइमरी पास गर्ने मान्छेले फाइनल पास गरिहाल्छ भनेर। मैले त्यहाँ गएर मिस्टर हाइडलाई रिक्वेस्ट गरेँ, अक्सफोर्डमा मैले धेरै प्राक्टिकल सर्जरी गर्न पाइराखेको छैन, जुनियरहरु धेरै छन्।

ग्लास्कोमा मलाई ‘स्माइली’ नाम राखेका रहेछन् उनीहरुले। नर्सहरुले ‘तिम्रो दाँत किन यति राम्रा’ भनेर सोध्थे, मेरो दाँत सेता सफा, कुनै पनि क्यारिज नभएको। मेरो जवाफ थियो, मैले केटाकेटी हुँदा क्यान्डी खाने मौका नै पाइन, हामीसँग पैसा नै हुँदैन थियो।

तपाईँले कुनै निहुँमा मलाई अक्सफर्डबाट यता लेराउनुपर्‍यो भनेर अनुरोध गरेँ, फेलोसिप पास गरेको केटो किन नल्याउने भनेर उहाँले ‘धेरै लङ्ग टर्म त हैन, ६ महिनाको जब छ हामीसँग, त्यसको लागि बोलाउछौँ’ भन्नुभयो। म फर्केँ अक्सफोर्ड र केही नभएजस्तो गरेर त्यहाँ काम गर्न थालेँ। अघिल्लो दिन आइपुगेँ, भोलिपल्ट दिउँसो मिस्टर अदाम्स, त्यहाँको चिफ मलाई खोज्दै आइपुग्नुभयो। मलाई अचम्म लाग्यो, उहाँले मलाई भन्नुभयो, ‘ग्लास्गोबाट फोन आको थियो, उनीहरुलाई धेरै समस्या पर्‍योजस्तो छ रजिस्ट्रार नभएर। उनीहरुलाई यस्तो रजिस्ट्रार चाहियो जसले त्यहाँ पुगेको भोलिपल्ट नै काम गर्न सकोस्। त्यहाँको सिस्टम बुझेको हुनुपर्ने। त्यो चाहिँ तिमीभन्दा बाहेक अरु कोही रहेनछ ब्रिटेनमा, त्यसैले मिस्टर हाइडले फलानालाई पठाइदे भनेर अनुरोध गर्नुभयो, तिमी अब जाऊ’ भन्नुभयो। मिस्टर हाइडले बडा कुरा पुर्‍याएर ट्याक्टफुल्ली राखिदिनुभएछ। म भोलिपल्टै गुन्टा लिएर गइहालेँ।

पाँच महिना अक्सफोर्डमा काम गर्दाखेरि रमाइलो भयो। अब त्यहाँ नफर्कने भएपछि भएपछि बाहिरतिर नै जब अप्लाई गर भने। ग्लास्गोमा सिक्ने जति अब तैँले सिकिस् भने। ग्लास्गो त्यो बेलामा सबैभन्दा वैज्ञानिक, कोमास्केल बनाएको, हरेक कुरामा तथ्यमा आधारित प्राक्टिस, जसलाई अहिले ‘एभिडेन्स बेस्ड मेडिसिन’ भन्छन्, त्यो बेलामा त्यस्तो चलन थिएन। अन्दाजमा धेरै कुरा गर्ने चलन थियो अन्यत्र।

ग्लास्गोमा तथ्यभन्दा बाहिर गएर केही पनि गर्न पाइने थिएन। तथ्य भए त्यसलाई फलो गर नत्र तथ्य ‘क्रिएट’ गर, आफू रिसर्च गरेर बनाउ भनिन्थ्यो। त्यहाँ थुप्रै रिसर्चहरु भएका थिए।

ग्लास्गो त्यो बेलाको मक्का नै थियो। भनिहालेँ जापानिज प्रोफेसरहरु आएर मेरो प्रोफेसरलाई भेट्न हप्ता दिन कुरेको। त्यस्तै अमेरिकीहरु पनि थुप्रै आउँथे। कन्टिनेन्टल यूरोपका पनि, जर्मनीका डाक्टरहरु, स्विट्जरल्याण्डका डाक्टरहरु पनि आउँथे। रमाइलो इन्टरनेसनल कम्युनिटी थियो। त्यो बेला त्यहाँ तालिम लिएर गएकाहरु संसारभरि छाएका छन्। सबैले आआफ्नो देशमा नेतृत्व सम्हालेका छन्, आआफ्नो क्षेत्रमा। त्यस्तो लिस्ट लामो छ, त्योमध्येको म पनि एक झिनो हुँ। यो क्षेत्रमा जो पनि केही लायक छ भने त्यो ग्लास्गोमा गएको मान्छे हुन्थ्यो। अमेरिकाका ठूलाठूला प्रोफेसरहरु आएर कमसेकम छ महिना त्यहाँ बिताएको अनुभव छ। मात्र रिसर्च र एभिडेन्स बेस्ड प्राक्टिस भएको कारणले। र, मैले त्यो सिकिसकेको थिएँ।

उहाँहरुले अन्ततिर एप्लाई गर्न थाल भन्नुभयो। मलाई एउटै कुरा चाहिएको थियो, नेपाल आएपछि प्राक्टिकल न्यूरो सर्जरी गर्ने अनुभव र अभ्यास।

चाँडै छिटो, छरितो, फटाफट र कम सुविधामा काम गर्नु थियो मलाई। ग्लास्गोमा इलाबोरेट रिसर्च गर्ने चलन थियो जुन नेपालमा सम्भव छैन। त्यसो भएपछि त्यसको बिचको बाटो अपनाउन सक्ने खालको तालिम चाहिन्छ भनेर धेरै प्राक्टिकल काम गर्ने युनिटमा जानुपर्छ भन्ने उहाँहरुको सल्लाह थियो।

त्यहि बेलामा फ्याट्ट एट्कीन्सन मोर्लेको ‘जब’ एडभर्टाइज भयो। एट्कीन्सन मोर्ले बेलायतको न्यूरो सर्जरीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने एउटा प्रमुख युनिट हो। यो सन् १९४७ मा सुरु भएर सन् ६२ सम्म आइपुग्दा त्यसले यति काम गर्‍यो कि अमेरिकीहरु त्यहाँ काम गर्न आकर्षित हुन थाले। त्यहाँको संस्थापक वाइली म्याककिसक असाध्यै ‘टफ’ मान्छे, उहाँले झण्डै तीस जना न्यूरो सर्जनलाई तालिम गुर्नभयो। न्यूरो सर्जरीको लागि त्यो ठूलो मानिन्छ। पछि उहाँलाई नाइटहुड पनि दिइयो। त्यो म्याककिसकले तयार गरेको यूनिट र त्यहाँ चाहिँ बेलायतका मै हुँ भन्ने न्यूरो सर्जनले तालिम लिएको ठाउँ। त्योमध्ये ग्लास्गोको ‘चिफ’ मिस्टर हाइड पनि त्यहाँ एट्कीन्सन मोर्लेमा नै तानिनुभयो। एट्कीन्सन मोर्लेले त्यो सँगसँगै पहिलो सिटी स्क्यान बनाएर संसारलाई देखाएको थियो, त्यसकारणले एट्कीन्सन मोर्ले सधैँ फेमस रह्यो। एट्कीन्सन मोर्लेको ‘जब’ आउने बित्तिकै मैले मिस्टर हाइडसँग कुरा गरिहालेँ, ‘के गर्ने यो जबको लागि’ भनेर। उनीहरुले सपोर्ट नगरी पाउँदिन। मिस्टर हाइडले भने, ‘अप्लाई गर, म सपोर्ट गर्छु।’

त्यो सँगसँगै अर्को रेफरी मलाई फोर्सफुल्ली सपोर्ट गर्ने चाहिँ साम गलब्रेथ, जुनियरको च्याम्पियन, जुनियरको सपोर्टर। उनी बेलायतको लेबर पार्टीसँग आबद्ध थिए। पछि मन्त्री पनि बने। अब लेबर लिडर भएपछि नेचुरल्ली डाउन ट्रोडनलाई सपोर्ट गर्ने। केही समस्या पर्‍यो भने ‘साम’ लाई भन्दा प्राक्टिकल सलुसन निकाल्नु हुन्थ्यो। कोही बोसले दुख दिन थाल्यो भने, सामलाई गएर दुखेसो बेसाएपछि, ‘ल, आइ विल टेक केयर अफ इट’ भनेर उनीहरुसँग कुरा गरेर, फटाफट सामसुम बनाइदिनु हुन्थ्यो।

मैले सामलाई कुरा गरेँ, मैले यहाँ अप्लाई गर्न लागेको यसरी मिस्टर हाइडले सपोर्ट गर्न लाग्नुभएको छ, तपाईँले के भन्नुहुन्छ भनेँ। ‘गरिहाल्छु नि’ भन्नुभयो। त्यसपछि मैले त्यो ‘जब’का लागि अप्लाई गरेँ। सर्टलिस्ट भयो, इन्टरभ्यूको लागि बोलाए, लण्डन आएर अघिल्लो दिन बसेको थिएँ, राघव धिताल दाइ, डाक्टर साबको घरमा। इन्टभ्यूका लागि जान मैले उल्टो दिशा जाने बस समातेछु। अब त पुग्ला भन्छु छैन, इन्टरभ्यूको लागि जम्मा १५ मिनेट समयमात्र बाँकी थियो, हेर्छु त १२, १४ माइल टाढा पुगेको रहछु। हत्त र पत्त बसबाट ओर्लिएर तल गएर नजिकैको ट्यक्सी बुक गर्ने स्ट्याण्डमा गए, आफ्नो समस्या बताएँ। त्यो बेला उबर थिएन। ‘यस्तो यस्तो पर्‍यो, म इन्टरभ्यू दिनको लागि फलानो ठाउँमा जानुपर्ने, मलाई जसरी हुन्छ तपाईँहरुले ट्याक्सीमा चाँडै उता पुर्‍याइदिनुहोस्’ भनी अनुरोध गरेँ।

‘डोन्ट ओरी डाक्टर’ भनेर उनीहरुले फोन गरे। ट्याक्सीवालाहरुले एट्कीन्सन मोर्लेमा फोन गरेर भने, ‘योर क्यान्डिडेट इज स्टिल हेयर, आइ एम ब्रिङ्गिङ हिम। आइ होप यू क्यान डिले हिज इन्टरभ्यू बाइ हाफ एन आवर।’

त्यसपछि दौडादौड गरेर ट्रयाक्सीले पुर्‍यायो, टाइममा नै पुगेँ। ग्लास्गोको अर्को एक जना केटो पनि सर्ट लिस्ट भएको थियो। म भित्र पस्दाखेरि ‘यू आर लेट’ भने। मलाई रिस उठ्यो रनक्क। ‘डोन्ट वरी किथ, आइ एम गोइङ्ग टु गेट द जब एनिवे’ भनेँ।

इन्टरभ्यू सुरु भयो, मलाई इन्टरभ्यू कसरी दिने भन्ने कला थाहा थियो। बुल्स आइमा हिर्काउनुभयो त्यहाँको चिफले सिधा प्रश्न गरेर। सोध्नुभयो, ‘ग्लास्कोमा काम गरिसकेको मान्छे, एट्कीन्सन मोर्लेमा किन आउन खोजेको?’ गुड क्वेसन, जेन्यून क्वेसन। मैले अलिअलि होमवर्क गरेको थिएँ। मैले भनेँ, ‘म नेपालमा गएर आफ्नो यूनिट सेटअप गर्नुपर्ने मान्छे, ग्लास्गोको साइन्टिफिक एप्रोच मैले सिकिसकेँ, अब प्राक्टिकल कुरा धेरै सिक्न बाँकी छ, त्यसमाथि। एट्कीन्सन मोर्लेको हिस्टोरिकल रेकर्ड छ ओभरसिजको पायनियर सर्जनहरु तालिम गर्न। मैले केही उदाहरण दिएँ। मैले भनेँ, ‘तपाईँहरुले पाकिस्तानका लागि पनि दुईजना सर्जन तयार गर्नुभएको छ, बम्बईका प्रोफेसर डा. भगवतीलाई तपाईले तालिम गरेको हो, त्यसैले तपाईँले नेपालको लागि पनि एउटा मान्छे तालिम गरिदिनुहुन्छ भन्ने आशाले आएको हो म।’ ‘इट वाज भेरी फ्ल्याटरिङ इन्टरभ्यू।’ त्यसपछि एउटा दुईओटा प्रश्न गर्नुभयो, सक्कियो इन्टरभ्यू। इन्टरभ्यूको रिजल्ट उत्ति नै खेर अनाउन्स हुने गर्छ त्यहाँ। हामी बाहिर कुर्दै थियौ। बाहिर आएर मलाई बोलाउनुभयो र ‘यू गट द जब’ भन्नुभयो।

अब एडमिनिस्ट्रेसनमा मिस्टर कम्बरल्यान्डसँग गएर सबैथरी कुरा गर्नू, कहिले गर्ने, कहिलेदेखि गर्ने भनेर। ‘फस्ट अफ अगस्ट’ बाट ज्वाइन गर्नुपर्ने भो। बीचमा एक महिनाको जति छुट्टी थियो। भोलिपल्ट ग्लास्गोमा ड्यूटी थियो। यूजल्ली ट्रेन जर्नीको मात्र पैसा दिन्थ्यो। मैले एडमिनिस्ट्रेटिभ अफिसरलाई भनेँ, ‘म भोलि बिहान नौ बजे, जसरी पनि ग्लास्को पुग्नुपर्छ नौ बजे, मलाई एयरफेरको लागि अथोराइज गरिदेऊ।’

‘हुन्छ’ भने।

अनि म भोलिपल्ट बिहानै प्लेनमा गएँ, ८ बजे ग्लास्गो ओर्लिएँ, साढे ८ बजे सदर्न हस्पिटलको आइसियूमा पुगिहालेँ थ्री पिस सुट लगाएर। सबैले सोधेँ, ‘हे, ह्वाट ह्यापेन्ड?’

‘आइ गट द जब।’

‘ओ गुड।’

ग्लास्गोमा काम गरिसकेँ। अक्सफोर्डमा ५ महिना काम। अब लण्डनमा म सर्ने भएँ। अनि तडितुम्मडी बोकेर ग्लास्गोबाट बसाई सरेँ। इन्स्टिच्यूटबाट बिदा लिएँ, एक महिनाको समय छ। घर गएर फ्रेस भएर आउने मुड बनाएँ।

सबै कुरा ट्रयाकमा गएपछि सबै सजिलो हुने, ब्रिटिस काउन्सिलले अफर गर्‍यो, ‘लङ्गटर्म फेलोसिपमा आएका फेलोजलाई बीचमा छुट्टीमा जान एयर टिकट दिने हाम्रो चलन छ।’

कट्टु लगाएर रुकस्याक भिरेर बर्खाको बेलामा खोला तर्दै थिए, पारिपट्टिबाट हलो जोत्ने दाइ त ‘डाउन डाउन’ भन्छ, मलाई अंग्रेज भन्ठानेछन्। बाटो बिराएर माथि गएछु, माथि हैन तल आइज भनेको रैछ, ‘डाउन डाउन।’

ल देऊ, ‘त्यो पनि बोनस।’

ब्रिटिस काउन्सिलको खर्चमा रिटर्न टिकट लिएर नेपाल आएँ। उनीहरुले मेरो उपलब्धिलाई ‘ओन’ गर्न थाले।

‘ह्विच वाज भेरी नाइस।’

त्यो बेलासम्म मैले मेरो पर्सनल लाइफको बारेमा केही सोचेको थिइन। एउटा कुरा मलाई के थियो भने, विदेशमा गएर तालिम लिएर आउने धेरै जसो डाक्टरसावले विदेशी महिला विवाह गरेका थिए। उनीहरुलाई भएको पीडा र दुख मलाई थाहा थियो। श्रीमतीलाई एडजस्टमेन्ट प्रोब्लम, फाइनान्सियल्ली सपोर्ट गर्ने कुरामा गाह्रो। दुई नम्बरमा मलाई के थाहा थियो भने, ‘गिभन प्रपर अपर्च्युनिटी टू ग्रो’ नेपाली केटीहरु कोहीभन्दा कम छैनन्। ‘दे आर स्मार्ट, दे आर हार्ड वर्किङ, दे आर गुड लुकिङ।’ त्यसैले म चाहिँ डेलिबरेटली विदेशीसँग इनभल्भ नहुनेमा दृढ थिएँ। विस्तारै फेलोसिप गरेर पास गरिसकेपछि पढ्नु बाँकी केही पनि थिएन। बिहे गर्नेतिर लाग्ने हो कि भन्ने सोचाइ बनाउँदै थिएँ म। त्यो  मेरो लागि उपयुक्त समय थियो।

१९८५ को जुलाइमा म छुट्टीमा नेपाल आए, अनि मैले इनडाइरेक्टली अब विवाह गर्ने बेला भयो, उपयुक्त कोही छ भने खोज्दै गर्नू भनेँ घरमा। मेरो फिलोसोफी एकदम क्लियर।

असार साउनको बेला थियो त्यो, बिदामा आउँदा पहाडको घरमा पनि गएँ, मामाघर पनि गएँ, कट्टु लगाएर रुकस्याक भिरेर बर्खाको बेलामा खोला तर्दै थिए, पारिपट्टिबाट हलो जोत्ने दाइ त ‘डाउन डाउन’ भन्छ, मलाई अंग्रेज भन्ठानेछन्। बाटो बिराएर माथि गएछु, माथि हैन तल आइज भनेको रैछ, ‘डाउन डाउन।’ चेपे खोलामा हली दाईले अंग्रेजी बोले, ‘डाउन डाउन’ भनेर। विदेशमा बसेपछि मान्छे गोरो पनि हुन्छ, नेपाली त रुकस्याक बोकेर कट्टु लगाएर हिँड्ने कुरा भएन। किनभने त्यो लेभलको मान्छे त चट्ट भरिया बोकाएर हिँड्ने हो नि त नेपालमा।

(क्रमश:)

यो पनि पढ्नुहोस्

जेष्ठ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्