माधव नेपाल युगान्डातिर

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल युगाण्डामा आयोजित ‘ग्लोबल एक्सन अगेन्स्ट मास अट्रोसिटी क्राइम्स (गामक) संस्थाको तेस्रो बैठकमा सहभागी भएका छन्।

कार्यक्रममा युगाण्डाका प्रधानमन्त्री, रुहाकाना रगंन्डर, युएनका प्रतिनिधि, मानवअधिकारका क्षेत्रमा काम गरेका व्यक्ति, एशिया, युरोप, ल्याटिन अमेरिकालगायत ८० भन्दा बढी देशका प्रतिनिधिको सहभागिता थियो।

नेता नेपालले नेपाल विकास र समृद्धिमा अघि बढ्नका लागि सबैको सहकार्य भए मात्रै सम्भव हुने सम्मेलनमा जानकारी गराएको नेता नेपालको निजी सचिवालयले जनाएको छ । विश्वव्यापी गामाक बैठकमा विश्वभरबाट अत्याचारको रोकथामका लागि चिकित्सकबाट पनि राय सल्लाह लिने गरिन्छ । यसको पहिलो बैठक सन् २०१४ मा कोस्टारिकामा आयोजित गरिएको थियो ।

जेष्ठ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्