दीलिप रायमाझि नाँचेको दीपक बज्राचार्य गीत ट्रेन्डिङ्ग १ मा

काठमाडौँ – पप गायक दिपक बज्राचार्यको स्वरमा रहेको ‘मन मगन’ गीत यति बेला चर्चामा छ। धेरै बाजागाजा र लोक भाका मिश्रित यो गीतको ओरिजिनल भिडियो झण्डै १५ लाखले हेरिसकेका छन् ।

यहि गीतमा नायक दीलिप रायमाझि सहितको टोलीले गरेको कभर डान्स युट्युबको ट्रेन्डिङ्ग नं १ मा आइपुगेको छ।

२० मे मा रिलिज भएको डान्सलाई ६ लाख भन्दा धेरै पटक हेरिएको छ। भाइभ एण्ड वेव डान्स स्टूडियो नेपालले भिडियो अपलोड गरेको हो । नृत्यको कोरियोग्राफि र भिडियोको निर्देशन राहुल साहले गरेका छन्।

नाँच्ने टोलीमा नायक दीलिप रायमाझि, राहुल शाह सँगै युमि, अमर, क्रतिका, सुनिल, राकेश, निरञ्जन, उपासना, सदीक्षा, सुनिता, मेलिना रहेका छन्।

मन मगन गीतको यो भिडियो सार्वजनिक भएको दुई दिनपछि गायक दीपक बज्राचार्यले मनमगन गितमा ‘डान्स व्याटल’ को घोषणा गरेका थिए।

यो गीतमा डान्स गरेर पहिलो हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार नगद दिने घोषणा गरिएको छ । यो भन्दा पहिले प्रकाश सपुतको बोल माया भन्ने गीत युट्युब पहिलो नम्बरमा थियो ।

जेठ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्