हेड–टू–हेड

रोनाल्डो भर्सेस सालह : कसले मार्ला बाजी ?

खेल शनिबार राति साढे १२ बजे युक्रेनका राजधानी किएभमा रियल मड्रिड र लिभपरपुल बिच हुने हो, युरोपको च्याम्पियन बन्नका लागि । तर यो खेललाई रियल भर्सेस लिभरपुलको रुपमा लिने जति छन् सायदै त्यति नै होलान् रोनाल्डो भर्सेस सालहको रुपमा लिने पनि ।

साबिक विजेता रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र लिभरपुलका किङ्ग मोहम्मद सालह । क्लब फुटबलको सर्वोच्च खेल च्याम्पियन्स लिग फुटबलको फाइनल खेल शनिबार राति हुँदैछ । यो खेलमा दुवै टिम आफूलाई प्रमाणित गर्ने लाइनमा छन् ।

रियल मड्रिड युरोपियन च्याम्पियनसिपमा आफ्नो राज कायम गर्न तल्लिन छ भने लिभरपुल यो सिजन आफ्नो अद्वितिय लयका कारण बलियो अवस्थामा छ ।

यो खेल तय भएपछि यसलाई रोनाल्डो भर्सेस सालहरको रुपमा लिन पनि थालियो ।

अहिलेसम्म रोनाल्डोले सन् २०१७/१८ को सिजनमा क्लब र राष्ट्रिय टिमबाट गरी ५० गोल गरेका छन् । जुन लिभरपुलका सालहले क्लब र राष्ट्रिय टिमबाट गरेको भन्दा दुई गोल बढी हो अर्थात सालहले ४८ गोल गरेका छन् ।

किएभ यात्रा सुरु गर्नुअघि रोनाल्डोले पछिल्लो १० खेलमा ९ गोल गरेका छन् । सालहले १० खेलमा ८ गोल गरेका छन् । रोनाल्डोले यो सिजन रियल मड्रिड र पोर्चुगलबाट ४९ खेल खेलका छन् र ३१ खेलमा गोल गरेका छन् ।

यस्तै सालहले लिभरपुल र इजिप्टबाट गरी यो सिजन अहिलेसम्म ५५ खेल खेलेका छन् र ३७ खेलमा गोल गरेका छन् । रोनाल्डोले गोल गर्न नसकेको खेल संख्या १८ हो भने सालहले गोल नगरेको खेल संख्या पनि १८ र नै हो ।

सालहले यो सिजन प्रिमियर लिगमा ३८ खेल हुन लागेदेखि यता एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । उनले ३२ गोल गरेका छन् ।

सालह च्याम्पियन्स लिग फाइलनको दिन शनिबार २५ वर्ष ३४५ दिनका भएका छन् । यही उमेरमा (सन् २०११, जनवरी १६) रोनाल्डोले च्याम्पियन्स लिगमा २३ गोल गरेका थिए, जुन सालहको भन्दा ६ गोल बढी हो । तर रोनाल्डोले ६८ खेल खेलका थिए, जुन सालहको भन्दा ३१ खेल बढी हो ।

रोनाल्डो र सालहले यो सिजन गोल गरेको समय हेर्दा दुवैले पहिलो हाफमा भन्दा दोस्रो हाफमा बढी गोल गरेका छन् । रोनाल्डोले पहिलो हाफमा १९ तथा सालहले २३ गोल गरेका छन् । यस्तै दोस्रो हाफमा रोनाल्डोले ३१ त्था सालहले २५ गोल गरेका छन् ।

च्याम्पियन्स लिगमा यो सिजन गोलको कुरा गर्दा रोनाल्डो निकै अघि छन् । उनले १० गोल गरेका छन् र १०८० मिनेट खेलेका छन् । १० गोल गरेका सालहले ८९९ गोल गरेका छन् ।

यस्तै लिग खेलमा सालहले ३६ खेलमा ३२ गोल गरेका छन् भने रोनाल्डोले २७ खेलमा २६ गोल गरेका छन् । च्याम्पियन्स लिगका सर्वकालीन सर्वाधिक गोलकर्ता रोनाल्डोले अहिलेसम्म १२० गोल गरेका छन् भने सालहले १३ गोल गरेका छन् ।

जेठ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्