माइकल ज्याक्सनको डान्सको रहस्य ‘के’ मा ?

गीत गाउँदै नाच्ने माइकल ज्याक्सनलाई मन पराउनेहरुमा उनको डान्स स्टेपलाई नक्कल नगर्ने को होला? तर सन् १९८७ मा सार्वजनिक भएको म्यूजिक भिडियो ‘स्मूथ क्रिमिनल’ मा माइकल ज्याक्सनले जुन डान्स स्टेप गरे, त्यो गर्न जो कोहिलाई सजिलो थिएन।

यो स्टेपमा माइकल ज्याक्सन सीधा उभिएका हुन्छन् र यहि पोजिसनमा ४५ डिग्रीको कोणमा अगाडि झुक्छन् । वैज्ञानिक सधैँ यो कुराको चर्चा गरीरहन्छन् कि माइकल ज्याक्सन यस्तो कसरी गर्न सक्थे।

खासमा न्यूरो सर्जनको एक टोलीले ज्याक्सनको एक डान्स स्टेपको अध्ययन गरेका थिए। उनीहरुले बताएअनुसार उनको डान्सको राज उनको जुत्तामा थियो, जसले उनको खुट्टालाई शक्ति दिने गर्थ्यो।

जर्नल अफ न्यूरो सर्जरीमा प्रकाशित सोधमा मन्जुल त्रिपाठी र चन्डीगढको ग्रेजुएट इस्टिट्युट अफ एजुकेशन एण्ड मेडिकल रिसर्चले बताए अनुसार, ‘धेरै राम्रो डान्सरको खुट्टा बलियो हुन्छ ।

ज्याक्सन यो स्टेप गर्ने समय २५ देखि ३० डिग्री कोणसम्म झुक्न सक्थेँ, तर माइकल ज्याक्सन यो स्टेपमा ४५ डिग्रीको कोणमा सजिलै बनाएका छन्।

कसैले उनको नक्कल गर्ने कोशिस गर्‍यो मात्र भने उसलाई महशुस हुन्छ की, यस्तो गर्ने बेलामा खुट्टाको पछाडिको भागको मांशपेशीमा धेरै दवाब पर्छ तर कम्मरको हड्डीमा त्यति दबाब पर्दैन।

मन्जुल त्रिपाठी बताउँछन् कि यहि कारणले माइकल ज्याक्सनको सबैभन्दा राम्रो नक्कल गर्नेहरुलाई पनि अगाडिपट्टी ठीक उनीजस्तै गरी झुक्न लगभग असम्भव छ।

तर ज्याक्सनलाई यो काम गर्न सजिलो थियो, किनभने उनको लागि यो चमत्कारलाई पूरा गर्न खास जुत्ता थियो। उनको जुत्तामा एउटा बी–आकारको एक टुक्रा लगाएको थियो।

जमिनबाट निक्लिएको एउटा किलोमा फिट हुन्थ्यो। यसको कारणले ज्याक्सन अगाडि तीर सजिलै झुक्न सक्थे। यो भन्दा अगाडि उनलाई कम्मरमा बाध्नेवाला सुरक्षा डोरीको आवश्यकता पथ्र्यो ।

मानिन्छ, माइकल ज्याक्सन र हलिउडमा काम गरिसकेका उनका दुई साथी अमेरिकी अन्तरिक्षयात्रीको लागि बनाइएको खास जुत्ताबाट प्रेरित थिए, यो जुत्ता जुनसुकै सतहमा टाँसिन्थे र शून्य गुरुत्वाकर्षणको स्थितीमा पनि व्यक्तिलाई सतहमा रहिरहनको लागि सहयोग गर्थे।

तर जानकार यो बताउँछन् कि यस्तो जुत्ताको साथ शरीरको एक कोणमा केही समय रहिरन सजिलो काम होइन, किनभने यसको लागि तपाइलाई आफ्नो खुट्टा, ढाडको हड्डी र मांसपेशी बलियो हुन जरुरी हुन्छ।

मंजुल त्रिपाठी बताउछन् ‘माइकल ज्याक्सनका धेरै फ्यान र मैले पनि उनको यो स्टेपलाई धेरै पटक नक्कल गर्ने कोशिश गर्‍यौँ तर हरेक पटकमा हामी लड्यौँ ।’ ‘यो भन्न सजिलौ छैन, तपाईको खुट्टासँग सँगै तपाईको कम्मरको मांशपेशी पनि यो दवाब उठाउन तयार हुनु आवश्यक छ ।’

जेठ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्