फोटो फिचर

बोलाइरहने गह्राहरु र ओइलाउँदै गरेका गुराँसहरुको सम्झना

बाजुरा – वैशाखको आधाउधी हुँदा पनि गुराँसका बोटहरुको बैँस सकिएको थिएन । आधासरो गुराँसहरु ओइलासकेका थिए । बाँकी आधासारो भरिला फूलहरुले गुराँसका बोटहरु खुशी देखिन्थे ।

पश्चिम नेपालको बाजुरामा फूलेका गुराँसहरुले बोलाइ रहन्छन् । आउने जानेलाई हेरेर रमाउनेहरु गुराँस जस्तै उनीहरुलाई हेरेर उत्देलित हुनेहरु पनि छन् ।

बग्ने पानी, वहने बतास सबै सबै रमाइलो लाग्ने खालको छ । मध्य वैशाखका दिनमा बाजुराको मातर्डी, पाण्डुसेन, कोल्टीसबै तिर गहुँ धन्क्याउने चटारो थियो । बाला टिपेका गहुँ खेतमा गाई भैँसी चर्दै थिए । कतै पाक्दै गरेको गहुँ थियो ।

जेठको आधा हुनै लाग्दा ती गुराँसका बोटमा रहेका आधासरो फूलहरु पनि ओइलाए होलान्, गहुँ काटीएका खेतहरु जोत्न थालिए होलान् । आलु फूल्न थाल्यो कि ? तर बग्ने खोलाको पानीको गति उस्तै होला ।

बाटोमा भेटिएका बाहरु, बाबुहरु अनि आमाहरुको अनुहारमा फूलेको मुस्कानको कथाहरु फैलिँदै गएकै होला । यस्ता धेरै चिजहरु छन् बाजुरामा बसैलाई तानिरहने, घुमिरहुँ बनाउने ।

जेठ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्