जोन अब्राहमले चलचित्र ‘परमाणु’ किन बनाए ?

नब्बेको दशकमा शक्तिशाली देश त्यसलाई मानिन्थ्यो जोसँग परमाणु हतियार हुन्थ्यो । अमेरिकाले त्यो बेलासम्म एक हजार भन्दा धेरै परमाणु परीक्षण गरिसकेको थियो । उसैले देखाएको बाटोमा हिँडेको चीनले ४३ वटा परमाणु परीक्षण गरेको थियो ।

परमाणु शक्ति सम्पन्न देश बन्ने दौडमा सामेल हुनका लागि भारतले सन् १९९८ मा गोप्य तरिकाले पोखरणमा परमाणु परीक्षण गर्‍यो र आफूलाई त्यो दौडको हिस्सा बनायो ।

यहि सत्य घटनामा आधारित चलचित्र परमाणु शुक्रबारदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा मुख्य भूमिकामा जोन अब्राहम छन् ।

जोनका लागि यो चलचित्र बनाउन सजिलो थिएन । यसअघि पनि उनले काबुल एक्स्प्रेस र मद्रास क्याफे जस्ता चलचित्रमा अभिनय बनाइ सकेका थिए । परमाणु चलचित्रलाई लिएर उनी केही नर्भस पनि थिए ।

अभिनेता–निर्माताको रुपमा आफ्नो लक्ष्य राम्रो चलचित्रमा काम गरुँ भन्ने रहेको जोनले बताएका छन् । दर्शकलाई राम्रो कथा प्रस्तुत गर्नु आफ्नो लक्ष्य रहेको उनले बताउने गरेका छन् ।

उनले भने, ‘यो चलचित्र गम्भीर विषयमा छ र बाहिरका कसैले यसको आलोचना गरुन् भन्ने चाहन्न । यो चलचित्र पाकिस्तान, चीन या अमेरिका विरोधी होइन । यो भारतले गौरव गरेको क्षणको कथा हो ।’

चलचित्रको हरेक सिनका लागि आफू उत्साहित रहेको उनले बताएका छन् । उनले भने, ‘मलाई आफ्नो आर्ट फर्ममा निकै माया छ । अभिनेताका रुपमा मैले १५ वर्ष पूरा गरेँ । परमाणु राम्रो बनोस् भनेर हरेक सिनमा म उत्साहित रहन्थेँ ।’

विक्की डोनर जस्तो चलचित्र बनाएका जोन गम्भीर विषयमा चलचित्र बनाउन चाहन्थे । कमेडी बाहेक अब कुनै पनि चलचित्र गम्भीर हुने उनले बताए । हिरो लुगाले नभइ विचारले बन्ने जोनको भनाई छ ।

जोनले जुन भूमिका निभाएका छन्, उसले वैज्ञानिक र सैनिकसँग मिलेर गोप्य रुपमा परमाणु परीक्षण गराउँछन् र आफ्नो देशलाई परमाणु परीक्षण गराउने देशको सूचिमा सामेल गराए ।

जेठ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्