ट्रम्प–किम वार्ताको सम्भावना फेरि देखियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग तोकिएको समयमा वार्ता हुने सम्भावना अझै पनि रहेको बताएका छन् ।
उत्तर कोरियालेको तर्फबाट थाम्नै नसकिने क्रोध र खुला रुपमा शत्रुता आएको देखिएको भन्दै ट्रम्पले वार्ता बिहीबार रद्द गरेका थिए । तर ट्रम्पले अहिले फेरि ट्वीट गरेर जुन १२ मै वार्ता हुने सम्भावना भने कायम रहेको बताएका हुन् ।
लामो तयारीपछि ट्रम्प र उत्तर कोरियाली नेता किमबिच जुन १२ मा सिंगापुरमा वार्ता हुने तय भएको थियो । ट्रम्पले वार्ता रद्द गरेपछि उत्तर कोरियाले त्यसबाट निराश भएको भन्दै जुन सुकै समयमा आफू वार्ताका लागि तयार रहेको बताएको थियो ।
बिहीबार वार्ता रद्द गरेका ट्रम्पले वार्तालाई फेरि गर्ने वातावरण बनाउनका लागि अहिले निकै उपलब्धी मुलक छलफल भएको बताएका छन् । ट्रम्पले ट्वीट गरेको केही समयपछि नै दक्षिण कोरियाका राष्ट्रपतिले त्यसको स्वागत गरेका छन् ।