रोनाल्डो भन्दा मेस्सी पूर्ण : लो

जर्मनीका प्रशिक्षक योआखिम लोले क्रिष्टियानो रोनाल्डो भन्दा लियोनल मेस्सी पूर्ण रहेको बताएका छन् ।

रोनाल्डोले भन्दा मेस्सीले गोल पनि गर्ने र गोलका लागि अवसर पनि सिर्जना गर्ने भएकाले आफूले दुई खेलाडीमा रोज्नु पर्दा मेस्सी नै रोज्ने बताएका छन् ।

उनले भने, ‘म रोज्छु मेस्सी । रोनाल्डो सेन्सेसनल खेलाडी हुन् । उनी निकै राम्रो व्यवसायिक खेलाडी हुन, गोल मेसिन हुन् । तर मेस्सी पूर्ण खेलाडी हुन् ।’

‘रोनाल्डोले गोल गर्छन् तर मेस्सीले गोलसँगै गोल गर्ने अवसर पनि सिर्जना गर्छन्’, लो ले भनेका छन्।

जेठ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्