क्रिष्टियानो रोनाल्डोको कीर्तिमान, पुगे सबैभन्दा अगाडि

क्रिष्टियानो रोनाल्डो च्याम्पियन्स लिग फुटबलको उपाधि पाँच पटक जित्ने पहिलो खेलाडी बनेका छन् ।

युक्रेनको राजधानी किएभमा शनिबार राति भएको फाइनलमा लिभरपुललाई रियल मड्रिडले ३–१ ले हराएसँगै रोनाल्डो पाँच पटक च्याम्पियन्स लिगको उपाधि उचाल्ने पहिलो खेलाडी बनेका हुन् ।

गएको सिजन रोनाल्डोले आन्द्रेस इनिएस्टा र क्लारेन्स सीडोर्फले चार पटक च्याम्पियन्स लिगको उपाधि जितेर बनाएको कीर्तिमानमा बराबरी गरेका थिए ।

पोर्चुगलका ३३ वर्षे स्ट्राइकर रोनाल्डो अब च्याम्पियन्स लिग एरामा पाँच पटक उपाधि जित्ने पहिलो खेलाडी बने । उनले म्यानचेस्टर युनाइटेडबाट सन् २००८ मा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

त्यसपछि उनले चार पटक रियल मड्रिडबाट उपाधि उचालेका हुन् । रोनाल्डोले सन् २०१४, २०१६, २०१७ र २०१८ मा उपाधि जितेका हुन् रियल मड्रिडबाट ।

इनिएस्टाले चार पटक नै बार्सिलोनाबाट उपाधि उचालेका हुन् । उनले २००६, २००९, २०११ र २०१५ मा उपाधि उचालेका हुन् ।

यस्तै सीडोर्फले १९९५ मा अजाक्स, १९९८ मा रियल मड्रिड, २००३ र २००७ मा एसी मिलानबाट उपाधि जितेका छन् ।

च्याम्पियन्स लिगका सर्वकालीन सर्वाधिक गोलकर्ता रोनाल्डो यो सिजनका पनि सर्वाधिक गोलकर्ता हुन्, उनले च्याम्पियन्स लिगमा १५ गोल गरेका छन् ।

जेठ १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्