यी हुन् ठेक्का लिएर काम नगर्ने कैलालीका ठेकेदार

धनगढी- काम नगर्ने कैलालीका १५ जना ठेकेदारको सूचि तयार पारी गृह मन्त्रालयमा पठाईएको छ।२० योजनाको ठेक्का लिएर काम समयमै सम्पन्न नगर्ने जिल्लाका १५ जना ठेकेदारको नाम गृह मन्त्रालयलाई पठाएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए।

उनले भने, ‘ समयमै काम नगर्ने ठेकेदारको सूचि तयार पारी सकेका छौ। २० योजनाको ठेक्कामा दिए पनि १५ ठेक्केदारले सम्झौता मितिमा काम सम्पन्‍न गर्न सकेनन्।’

उनका अनुसार सडक डिभिजन कार्यालय, जिल्ला प्राविधिक कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, शहरी विकाश तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मेडिकल कलेज पूर्वाधार निर्माण विकाश समिति समिति र हुलाकी राजमार्ग कार्यालय मार्फत ठेक्का लिएर सम्झौता मितिमा काम सम्पन्न नगर्ने ठेकेदारको नाम सकलन गरि गृह मन्त्रालयमा पठाईएको हो।

योजनाको अनुगमन तथा सम्बन्धित कार्यालयमा तथ्याङक सकलन गरेर ठेकेदारको सूचि तयार गरिएको प्रजिअ तिवारीले बताए।
यअघि कैलाली पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले ठेक्का लिएर काम नगर्ने ठेकेदारको सूचि तयार पारि गृहमन्त्रालयमा पठाउन प्रशासन कार्यालयलाई निर्देशन दिएको थिए।

‘गृह मन्त्रालयको निर्देशन अनुसार हामीले जिल्लाका विकाश निर्माणका योजनामा ढिलाई गर्ने ठेकेदार र योजनाको नाम पठाईदिएका छौ।’ तिवारीले भने, ‘केन्द्रकै आदेश अनुसार ती ठेकेदारमाथि कारवाही अगाडि बढाउछु।’

हेर्नुहोस् काम नगर्ने ठेकेदारको सूचि


जेठ १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्