नायिका मरिश्का बनिन् अब निर्देशक

काठमाडौँ – नायिका मरिश्का पोखरेलले निर्देशन गरेको एल्बम ‘एकतर्फी माया’ सार्वजनिक भएको छ । गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक मुरारी गुरागाईंको एकल एल्बम ’एकतर्फी माया’ सार्वजनिक भएको हो। एल्बमलाई कवि तथा गीतकार दिनेश अधिकारी तथासंगीतकार दिपक जंगमले संयुक्त रुपमा विमोचन गरेका हुन्।

एल्बममा चार आधुनिक र चार लोकपप गीतहरु संग्रहित छन् । गीतकार न्यौपानेका यो छैठौँ एल्बम हो । यस अघि उनको एकल रचनामा चेतना, हिमालको चन्द्र, होराइजन, बाल कुसुम र त्यो सपना बजारमा आइसकेका छन् । नायिका मरिश्का पोखरेलले यहि एल्बमबाट निर्देशनमा डेब्यु गरेकी हुन् । आफ्नै अभिनय समेत रहेको मरिश्कालाई पष्प खड्काले साथ दिएका छन्।

द्वारा निर्देशन गरिएको गीत सार्वजनिक गरिएको छ । फिल्म तथा म्युजिक भिडियोमा देखिरहेकी मरिश्काले पहिलो पटक आफुलाई भिडियो निर्देशनमा प्रस्तुत गरेकी हुन् । उनले निर्देशन गरेको ’एकतर्फी माया’ गीतमा उनि स्वयम् देखिएको छन् भने उनको को(स्टारको रुपमा पुष्प खड्का देखिएका छन् । गीतमा अर्जुन तिवारीको छायाँकन र निशान घिमिरे सम्पादन रहेको छ ।

जेठ १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्