रियल मड्रिडसँग हारेपछि लिभरपुलका गोलरक्षकलाई ज्यान मार्ने धम्की

लिभरपुलका गोलरक्षक लोरिउस कारिउसलाई ज्यान मार्ने धम्की आएको छ ।

शनिबार राति युक्रेनको राजधानी किएभमा भएको च्याम्पियन्स लिग फुटबलको फाइनलमा रियल मड्रिडसँग ३–१ ले पराजित भएपछि लिभरपुलका गोलरक्षक लोरिसलाई ज्यान मार्ने धम्की आएको हो ।

मर्सिसाइड प्रहरीले आफूहरु यो धम्कीका बारेमा जानकार रहेको र सजगता अपनाइएको बताएको छ । सामाजिक सञ्जालमार्फत लोरिसलाई ज्यान मार्ने धम्की आएको हो ।

लोरिसका दुई गल्तीका कारण फाइनलमा रियल मड्रिड विजयी भएको थियो । २४ वर्षका लोरिस र उनको परिवारलाई नतिजाबाट रुष्ट भएका अराजक पक्षले धम्की दिएका हुन् ।

प्रहरीले सामाजिक सञ्जालमा पोस्ट भएका धम्की पूर्ण र गम्भीर खालका सामग्री संकलन गरि अनुसन्धान भइरहेको जनाएको छ । लोरिसले सामान्य अवस्थामा पनि करिम बेन्जिमालाई गोल गर्ने मौका दिए ।

यस्तै ग्यारेथ बेलले गरेको दोस्रो गोलमा पनि लोरिसको कमजोरी देखिएको थियो । लोरिसले खेलपछि आफू निकै दुःखी रहेको भन्दै समर्थकसँग माफी पनि मागेका छन् ।

जेठ १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्