ट्रम्पको हस्ताक्षर रहेको चिट्ठीमा यति धेरै त्रुटी !

ह्वाइट हाउसको अंग्रेजीप्रति अंग्रेजी शिक्षकको असन्तुष्टी

अमेरिकाकी एक अवकास प्राप्त हाइस्कूलकी अंग्रेजी शिक्षिका अहिले चर्चामा छिन् । उनी तर्कपूर्ण र प्रमाणसहितको आलोचनाका कारण चर्चामा रहेकी हुन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेकी छन् ।

यभोन मेसनले राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट एउटा चिट्ठी प्राप्त गरिन्, जसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको हप्ताक्षर थियो । तर त्यो चिट्ठीमा यति भााषागत त्रुटी थिए कि उनले कुनै विद्यार्थीको उत्तर पुस्तिकामा यस्तो त्रुटी भेटेको भए सायद पास हुने ग्रेड पनि दिन्नथिन् होला ।

मेसन राष्ट्रपतिबाट प्राप्त भएको चिट्ठी शैलीगत रुपमा निकै खराब रहेको बताउँछिन् । साउथ क्यारोलिनाको हाइस्कूलमा १७ वर्षसम्म अध्यापन गराएकी मेसनले गएको वर्ष अवकास लिएकी थिइन् ।

राष्ट्रपतिको हस्ताक्षर रहेको चिट्ठी जस्तै गरी कुनै हाइस्कूलको विद्यार्थीले लेखेको भए पास हुने ग्रेड पाउने सम्भावना नै रहेको मेसनले द ग्रिनभिल्ला न्युजलाई गएको हप्ता बताएको हफिङ्गटन पोस्टले उल्लेख गरेको छ ।


मेसनले भनेकी छन्, ‘यदी यस्तो कुनै मिडस्कूलको विद्यार्थीले लेखेको भए मैले सी वा सी–प्लस ग्रेड दिन्थेँ । तर हाइस्कूलको विद्यार्थीले लेखेको भए त डी ग्रेड भन्दा माथि दिन्नथेँ ।’

मेसनले ह्वाइट हाउसबाट आफूलाई प्राप्त भएको चिट्ठीको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेकी छन् । त्यसमा उनले गरेको करेक्सन पनि देखिन्छ ।

उनले चिट्ठीको माथि ‘के यसमा ग्रामर र स्टाइल चेक गरिएको छ ? ओएमजी दिस इज रङ्ग ’ लेखेकी छन् । उनले चिट्ठीमा रहेका गल्तीहरु औँल्याएर करेक्सन गरेकी छन् । उनले चिट्ठी हेरेपछि करेक्सनसहित ट्रम्पलाई पठाउने पनि सोचेकी थिइन् ।

मेसनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गएको फेब्रुअरीमा फ्लोरिडाको पार्कल्याण्डको हाइस्कूलमा भएको गोलीकाण्डका पीडित परिवारलाई व्यक्तिगत रुपमा नै भेट्न बिन्ती गर्दै चिट्ठी लेखेकी थिइन् । त्यसपछि उनले ह्वाइट हाउसबाट चिट्ठी प्राप्त गरेकी हुन् ।

उनले चिट्ठीका लागि आभार दिइन्, त्यसमा उनले दिएको सुझावका बारेमा केही उल्लेख गरिएको छैन । तर सामान्य रुपमा विद्यालय सुरक्षा र बन्दुक आतंकका बारेमा भने उल्लेख गरिएको छ ।

यो चिट्ठी राष्ट्रपति आफैले नभई ह्वाइट हाउसका कर्मचारीले लेखेको हुनुपर्छ । अहिलेको चिट्ठी यस्तै भए पनि आफू अझै पनि ह्वाइट हाउसबाट चिट्ठीहरु आइरहने आशमा रहेको मेसनले बताएकी छन् ।

‘जब सरकारको उच्च स्तरबाट चिट्ठी पाइन्छ, त्यो बेला कम्तिमा प्राविधिक रुपले सही चिट्ठीको आश अवश्य हुन्छ’, उनले भनेकी छन् ।

जेठ १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्