आजको मौसम : देशभर सामान्यतया मौसम सफा, बेलुका पानी पर्ने सम्भावना

काठमाडौँ – देशभरको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु ठाउँमा भने सामान्यतया मौसम सफा रहने मौसमविद वरुण पौडेलले जानकारी दिए । तर बेलुका तिर आंशिक बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना भने रहेको मौसमविद पौडेलले बताए ।

दिनभरि घाम लाग्ने सम्भावना रहेकाले गर्मी बढ्ने छ । काठमाडौँको मौसम दिनभर नै सफा रहने सम्भावना छ । तर बेलुका तिर बादल लागेर मेघगर्जनसहित पानी पर्न सक्ने सम्भावना भने रहेको छ ।

जेठ १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्