ट्रम्प–किम वार्तामा दक्षिण कोरियाली राष्ट्रपति मुन पनि!

हुँदैन कि जस्तो भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबिचको वार्ता फेरि हुने जस्तो देखिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गएको बिहीबार उत्तर कोरियाको तर्फबाट शत्रुताको प्रदर्शन भएको भन्दै वार्ता रद्द गरेका घोषणा गरेका थिए । तर त्यसपछि अमेरिका र उत्तर कोरियाका अधिकारीबिच भएको छलफलले फेरि वार्ताको वातावरण बनाएको देखिएको छ ।
ट्रम्प र किमबिच आउँदो जुन १२ मा सिंगापुरमा वार्ता हुने तय भएको थियो । अब फेरि त्यहि मितिमा वार्ता हुने देखिएको छ । त्यो वार्तामा दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इन पनि सहभागी हुने सक्ने सम्भावना छ ।
दक्षिण कोरियाका अधिकारीले राष्ट्रपति मुन ट्रम्प–किम वार्तामा सहभागी हुन सक्ने बताएका हुन् । अमेरिका र उत्तर कोरियाका नेताबिच हुने वार्ताअघिको छलफलले मुन त्यसमा सहभागी हुने नहुने तय हुने दक्षिण कोरियाली अधिकारीले बताएका छन् ।