प्रदेश २ का मुख्यमन्त्री भन्छन्, मोदी भ्रमण नै हाम्रो उपलब्धि

काठमाडौं- दुई नम्बर प्रदेश सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई आफ्नो सय दिनको मुख्य उपलब्धि मानेको छ।

मुख्यमन्त्री लालबाबु राउतले सरकार गठन भएपछि सय दिनको २४ बुँदे उपलब्धिबारे संसदलाई जानकारी गराउँदै भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणलाई दशकैंमा हासिल हुने महत्वपूर्ण उपलब्धि जत्तिकै भएको बताएका हुन्।

उनले हजारौं नागरिकको उपस्थितिमा मोदी अभिनन्दन गर्न पाउँदा दुई नम्बर प्रदेशको पहिचना अन्तराष्ट्रिय रुपमा फैलिएको दाबी गरेका छन्। नेपाल भ्रमणका लागि मोदी वैशाख २८ गते काठमाडौं नआइ सिधै पटनाबाट जनकपुर पुगेका थिए।

त्यसै दिन बाह्रा बिगाहामा भएको नागरिक अभिनन्दान कार्यक्रममा मुख्यमन्त्री राउतले संविधानप्रति आफ्नो असहमति रहेको र संघर्ष जारी रहेको मोदीलाई जानकारी गराएका थिए।

मुख्यमन्त्री राउतको यस्तो अभिव्यक्ति कुटनीतिक मर्यादता विपरीत भएको भन्दै चौतर्फी आलोचना भइरहको छ। तर, राउतले आफ्नो सय दिने उपब्धिका रुपमा विवादास्पत अभिव्यक्तिलाई फेरि सम्झेका छन्।

प्रदेश सरकारले विद्यालय बाहिर रकेका पाँच हजार बालबालिकालाई विद्यालयमा भर्ना गरिएको, बालिकको संरक्षका लागि पहल थालिएको, संविधानले प्रदेशलाई दिएको २१ वटा अधिकार कार्यान्वयनका लागि कानुन निर्माण भइरहेको उपलब्धि संसदमा पेश गरेको छ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारको पहलमा एसइइ परीक्षाको अनुगमन गरी विगतको भन्दा मर्यादित बनाएको, प्रदेशका मुख्य स्थानमा सरसफाई अभियान थालिएको, विकास निर्माणका कामलाई तीव्रता दिएको संसदलाई जानकारी गराएका छन्।

जेठ १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्