यात्रुसँग अपशब्द बोल्ने ड्राइभर पक्राउ

साङ्केतिक तस्बिर

पोखरा –यात्रु महिलासँग अपशब्द बोल्ने ड्राइभरलाई ट्राफिक प्रहरी कार्यालय कास्कीले पक्रेको छ । काठमाडौँ देखि पोखरा आउँदै गरेको बा२ ख ४१७९ नम्बरको हायसका चालक दिनेश सापकोटालाई यात्रु महिलामाथि अपशब्द बोलेको भन्ने उजुरीको आधारमा प्रहरीले पक्रेको हो ।

हायसको अगाडि दुई जनाको सिटमा तीन जना यात्रु राख्न खोजेपछि एक महिला यात्रु र चालकबीच विवाद बढेको थियो । सोही विवादमा चालक सापकोटाले यात्रु महिलालाई अपशब्द बोलेका थिए ।

ट्राफिक नियम उल्लंघन गरेको र यात्रुमाथि अपशब्द बोलेको भन्दै ती महिलाले जिल्ला ट्राफिक कार्यालय कास्कीमा उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा चालक दिनेश र सह चालक सागर ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख ऐनबहादुर मल्लले जानकारी दिए ।

जेठ १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्