बोल माया… पछि ‘बोल गोरे, ३३ किलो सुनबारे मुख खोल’

काठमाडौँ – प्रकाश सपुतको रचना तथा संगीतमा अनि नारायण रायमाझी, शान्ती श्री परियार र प्रकाश सपुतको स्वरमा रहेको ‘बोल माया…’ बोलको गीतको चर्चा अहिले जताततै छ ।
झण्डै दुई हप्तादेखि युट्युबमा यही गीत बढी हेरिनेमा परेको छ । १२ दिनअघि सार्वजनिक भएको गीत अहिलेसम्म २६ लाख भन्दा धेरै पटक हेरिएको छ । अहिले पनि यो गीत ट्रेन्डिङ्गको दोस्रो नम्बरमा छ ।
बोल माया… ले कामका लागि परदेश गएका र त्यहि क्रममा ज्यान गुमाएकाको पीडालाई समेटेको छ । यो गीतजस्तै अहिले चर्चामा रहेको विषय हो, साढे ३३ किलो सुनकाण्ड । त्यसमा सबैभन्दा चर्चित पात्र हुन्, गोरे अर्थात चुढामणि उप्रेती ।
उनै गोरेलाई यो सुन काण्डबारे मुख खोल्न आग्रह गर्दै बोल माया… को लयमा गीत बनाएका छन्, रबी कार्कीले । कार्कीले बोल माया… को लयमा बनाएको बोल गोरे… ३३ किलो सुनबारे मुख खोल गीत अहिले सामाजिक सञ्जालमा हिट छ ।
उनले सोमबार फेसबुक मार्फत सेयर गरेको गीत अहिलेसम्म २ लाख ३१ हजार भन्दा धेरै पटक हेरिएको छ र सेयर पनि धेरै भएको छ ।