मुख्‍यमन्त्रीको सम्पत्ति श्रीमतिको नाममा !

प्रदेश-७का मन्त्री गरीब, श्रीमती र आफन्त धनी

फाइल तस्बिर।

धनगढी-प्रदेश नम्वर ७ का मुख्यमन्त्री सहित मन्त्रीहरुले सम्पति विवरण सार्वजनिक गरेका छन्।

६० दिनमा सार्वजनिक गर्नुपर्ने सम्पति विवरण पदभार ग्रहण गरेको एक सय एक दिनमा मंगलवार सार्वजनिक गरिएको हो।

सार्वजनिक गरिएको सम्पति विवरण अनुसार मुख्यमन्त्रीदेखि मन्त्रीहरुले श्रीमती, छोराछोरी, बुबाआमाको नाममा मात्रै सम्पति रहेको उल्लेख गरेका छन्।

सार्वजनिक गरिएको सम्पति विवरण अनुसार मन्त्री गरिव देखिएका छन भने उनका श्रीमती र परिवार धनी देखिएका छन्।

मुख्यमन्त्री त्रिलोचन भट्टको सवै घर जग्गा भन्दा पत्‍नी दुर्का र दाई शालिग्रामको नाममा २० दशमलव ५ रोपनी जग्गा रहेको छ भने बैंकमा ७० हजार रुपैयाँ नगद मौज्दात रहेको छ। यस्तै १ तोला सुन, १५ तोला चाँदी र १ सेट मोवाईल रहेको छ।

विश्वासको मत

आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले पनि सवै घरजगा पत्नी र दाईको नामा रहेको खुलाएका छन भने सामाजिक विकाश मन्त्री दिर्घ सोडारी र भौतिक पूर्वाधार मन्त्री पठान सिह बहोराले पनि पत्नी, दाई र बुबाको नाममा मात्रै सम्पति रहेको खुलाएका छन्।

सम्पति आफनो, श्रीमती र छोराको नाममा रहेको सार्वजनिक गरेका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरासग काठमाण्डौ र कैलालीका विभिन्न स्थानमा जग्गा रहेको खुलाईएको छ भने बैक मौज्दात, गाडी, सुन, शेयर रहेको खुलाईएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय माया भट्टले भने सवै सम्पति आफनो नाममा रहेको सम्पति विवरण सार्वजनिक गरेकी छन भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले श्रीमान्‌को नाममा सवै सम्पती राखेका छन्।

जेठ १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्