उत्तर कोरियाका उच्च अधिकारी लागे अमेरिकातिर

उत्तर कोरियाली नेता किम जोङ–उनका सबैभन्दा उच्च अधिकारीकार वार्ताको तयारीका लागि अमेरिका गएको बुझिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच आउँदो जुन १२ मा हुने भनिएको वार्ताको तयारीका लागि किम प्रशासनका उच्च अधिकारी अमेरिका प्रस्थान गरेको हुन सक्ने बिबिसीले उल्लेख गरेको छ ।
दक्षिण कोरियाको समाचार संस्था योनहापका अनुसार उत्तर कोरियाका उच्च अधिकारी जेन किम योङ–चोल चीनको बेइजिङ्ग हुँदै बुधबार अमेरिका पुग्ने छन् । यो भ्रमण किम र ट्रम्पबिच हुने भनिएको वार्ताको तयारीको अंश रहेको बुझिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको बिहीबार उत्तर कोरियाको तर्फबा शत्रुताको प्रदर्शन भएको भन्दै वार्ता रद्द गरेपछि जुन १२ मा सिंगापुरमा हुने भनिएको वार्ता नहुने जस्तो देखिएको थियो ।
तर त्यसपछि दुवै देशका अधिकारीले वार्ताका लागि छलफल गर्नु र उत्तर कोरियाले वार्ताका लागि कुनै पनि समय आफू तयारी अवस्थामा रहेको बताएपछि फेरि वार्ताको सम्भावना बढेको हो ।
जेन किम पहिलो बेइजिङ्गमा चिनियाँ अधिकारीसँग कुराकानी गरेपछि बुधबार न्युयोर्कका लागि उड्ने तयारी कूटनीतिक स्रोतलाई उद्धृत गर्दैै योनहापले उल्लेख गरेको छ ।
सन् २००० पछि अमेरिकाको भ्रमण गर्ने उनी पहिलो उच्च अधिकारी हुनेछन् । उनी उत्तर कोरियाको कुप्तचर निकायका पूर्व प्रमुख हुन् । ७२ वर्षका जेन किम उच्चस्तरका कूटनीतिक अधिकारी हुन् ।