प्रहरीमा साईबर ब्युरो र मानव बेचबिखन ब्युरो बनाईने

काठमाडौं- नेपाल प्रहरीमा साईबर ब्युरो र मानव बेचबिखन ब्युरो बनाईने भएको छ।

अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा त्यस्तो घोषणा गरेका हुन। हाल नेपाल प्रहरीमा प्रतिआत‌ंकवाद हेर्ने विषेश ब्युरो र लागु औषध हेर्ने लागु औषध नियन्त्रण ब्युरो छन्।

पछिल्लो समय साईबर अपराध र मानव बेचबिखन चुनौतीपुर्ण बन्दै आएका छन्। साईबर सम्बन्धी मुद्धा काठमाडौं जिल्ला अदालते मात्र हेर्ने गरेको छ। यसैगरी काठमाडौं प्रहरी परिसर, महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोले साईबर सम्बन्धी अपराधको अनुसन्धान गर्ने गरेको छ।

जेठ १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्