मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गरिने

विज्ञान प्रविधिमा १ खर्ब ३४ अर्ब बजेट

काठमाडौं- सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख रुपैया छुट्‍याएको छ।

मंगलबार केन्द्रीय सरकाका अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गर्दै सो कुराको जानकारी दिए। उनले भने, ‘विज्ञान तथा प्रविधिको क्षेत्रमा १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख रुपैया छुट्‍याएको छु।यो अनुसन्धान र खोजका लागि हो।’

यस्तै उनले विज्ञान अनुसन्धा तथा प्रविधिको विकास गरी आधुनिक नेपाल निर्माण गर्नेमा जोड दिए। उनले भने, ‘विज्ञान तथा प्रविधिको विषयमा अन्तराष्ट्रिय स्तरको उत्कृष्ट शैक्षिक केन्द्रहरुको विकास गर्ने गरी मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिस्ठान स्थापना गरिनेछ।’

यसका साथै पारमाणविक प्रविधि र आयनीकृत विकिरणको सुरक्षित प्रयोग तथा त्‍यस्ता विकिरणबाट पर्न सक्‍ने प्रतिकूलबाट सर्वसाधारणको जिउधनको सुरक्षाबारे कानून ल्‍याउनेमा उनले जोड दिए।

जेठ १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्