मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला-१९)

रातो मोजा, रुमाल र नोटबुक

एट्कीन्सन मोर्लीमा काम गर्न जाने जुनियर डाक्टरहरु आफ्नो करियर दाउमा राखेर जाने गर्थे। त्यो अस्पतालको सिनियरहरुको व्यवहार र सबै परिवेश चाहिँ यस्तो कडा थियो कि मैले त्यो ‘जब’ पाएँ भनेर ग्लास्गोमा भन्‍ने बित्तिकै मेरो सिनियर रजिष्ट्रार, मभन्दा दुई वर्ष सिनियरले मलाई भनेको याद छ, ‘त्यहाँका कन्सल्ट्यान्टहरु चाहिँ रजिस्ट्रारहरुलाई ब्रेकफास्टको रुपमा खान्छन्, तिमी चाहिँ बचौला भन्ने आशा गरेको छु मैले।’

त्यहाँ गएपछि मलाई थाहा भयो, नभन्दै त्यस्तै रहेछ। पहिलो दिनको घटना त भनिहालेँ। जानिजानी सास्ती दिने र नगरेको गल्तीमा पनि गाली खानुपर्ने। उहाँहरु त्यो सबैको जस्टिफिकेसन कसरी गर्ने भन्ने, ‘तिमीहरुलाई टफ बनाउन करियर बिल्डिङ हो, यु ह्याभ दु टलरेट इट।’

एट्कीन्सन मोर्लीमा पसेपछि सही सलामत निस्कने सम्भावना झण्डै ७०/३०, त्यसलाई एक किसिमले भन्ने हो भने सही सलामत बाँचेर फर्कने, निस्कने मान्छेलाई लर्ड टेनिसनको ‘चार्ज अफ द लाइट ब्रिगेड’को कवितासँग कम्पेयर गर्न सकिने। बहादुर र सक्षम मान्छे मात्र बाँचेर फर्कने नत्र मर्ने ‘चार्ज अफ द लाइट ब्रिगेड’ जस्तै।

मैले त्यहाँ काम गरेको छ महिना भइसकेको रहेछ। मलाई थाहा भएन। तीन कन्सल्ट्यान्टमध्ये तेस्रो कन्सल्ट्यान्ट, दुईजना असाध्यै टफ, तेस्रो चाहिँ अलिकति फ्रेन्ड्ली हुनुहुन्थ्यो, ‘टोनी बेल।’

एक दिन राउण्ड सकिनेबित्तिकै अस्पतालको कोरिडोरमा हामी हिँड्दै थियौँ, टोनी बेलले मतिर फकिएर ‘बधाई छ’ भन्नुभयो, मैले सोधेँ किन? केही कारण त छैन किन दिनुभयो बधाई?

‘तपाई एट्कीन्सन मोर्लीमा दुर्घटना नभई छ महिना बाँच्नुभयो र तपाइको अब दुई वर्षको जब एक्सटेन्ड भाको छ। त्यही भएर बधाई, एट्कीन्सन मोर्लीमा छ महिनाभन्दा बढी बाँचे भने ‘दे आर समबडी, सो यु डिजर्भ एप्रिसिएसन।’

त्यस्तो खालको कडा खालको वातावरण सिर्जना गरेर तालिम गर्ने। आवश्यकभन्दा धेरे भारी बोकाएर सिपाहीलाई तालिम गराएजस्तो, आफूले नगरेको गल्तीमा पनि गाली खानुपर्ने ।

एक दिन म त्यस्तै गाली खाएर बसेको बेलामा मभन्दा एक वर्ष सिनियर, ट्रेनी नै हो उहाँ पनि न्यूरो सर्जन। रिचर्ड वाल्ट भद्र थिए, मेरा साथी। उनले आएर मलाई भने, ‘चिन्ता नगर, सबैले गाली खान्छन् यहाँ, हामी त के विचार गर्छौ भने, तलबमाथि जुन ओभरटाइम भत्ता दिन्छन् नी, युएमटी भन्छन् नि, त्यो सबै गाली खान दिइएको हो।

आफूले नगरेको गाली खान क्षतिपूर्तिको रुपमा युएमटी लिएको भनेर सम्झ्यो भने पचाउन सजिलो हुन्छ। त्यसरी उसले सम्झायो मलाई। सबैले गाली खाने, तरबारको धारमा हिँड्नुपर्ने, त्यति गरेर आउटपुट दिनुपर्ने।

एक दिन म शनिबार ड्युटीमा थिएँ, अनि त्यो नजिकैको यूनिभर्सिटी हस्पिटल, गिलफर्डको युनिभर्सिटी हस्पिटल, रोयल सरीकाउन्टी हस्पिटल। युनिभर्सिटी हस्पिटल हो, त्यसलाई हामी कभर गर्थ्यौँ, न्यूरो सर्जरी।

बेलायतमा नेपालमा भारतमा जस्तो हरेक अस्पतालमा हरेक डिपार्टमेन्ट खोल्दैन। एउटा ठूलो हस्पिटलले अर्को ५/७ ओटा जनरल हस्पिटलहरु कभर गर्छ। त्यस्तै रोयल सरीकाउन्टीको ठूलो युनिभर्सिटी हस्पिटलमा पनि न्यूरो सर्जरी थिएन, हामीले कभर गर्नु पर्थ्यो। एट्कीन्सन मोर्लीबाट। शनिबारको दिन ११ बजेतिर गिलफर्डबाट एउटा कल आयो।

इन्डियन ओरिजिनको एक जना इएनटी सर्जन हुनुहुन्थ्यो अर्कोपट्टि लाइनमा। मैले आफूलाई चिनाएर इएनटी डाक्टरसँग बोलेँ। ‘तपाईहरुको सहयोग चाहियो मलाई, हामीकोमा एउटा बिरामी हुनुहुन्थ्यो। सामान्य टाउकोको चोट लागेको तर नाकबाट असाध्यै धेरै रगत बग्यो। मैले नजल प्याकिङ गरेँ।

दुईओटै नजल प्याकिङ गरेँ ‘एन्टिरियर र पोस्टिरियर’ दुईओटा नै गरेको छु। अगाडिपट्टि पनि, पछाडि पनि, तर रगत आइराछ। त्यो रोकिएन भने चाहिँ तपाईँहरुले हेरिदिनुस् है, कतै आर्टिरियल इन्जुरी त भएन? ठूलो आर्टरी त फुटेको छैन दिमागमा जाने, त्यो पत्ता लगाएर तपाईँले केही गर्नुपर्छ कि तपाईँहरुले भन्नुभयो। अनि मैले तुरुन्त जवाफ दिएँ, ‘तपाईँले सोचेको ठिकै हो।’

एन्टिरियर र पोस्टिरियर नजल प्याकले बन्द भएन भने म त्यो बिरामी ट्रान्सफर गरिदिनुस्, रगतको नसाको एन्जियोग्राम गरेर रगतको नसा फुटेको रैछ भने हामी ब्लक गरेर कन्ट्रोल गर्छौँ भने। आश्वस्त बनाएँ, तपाईँको प्याकले काम गर्‍यो भने गरिहाल्यो, गरेन भने कल गर्नुहोला भनेर मैले भनेँ।

त्यो प्रोफेसनल कन्भर्सेसन सिद्धिसकेपछि उहाँले आफूलाई चिनाउनुभयो, ‘म यहाँको कन्सल्टेन्ट सर्जन। इएनटी सर्जन, १५ वर्ष भयो। यहाँ काम गर्न मन थालेको, तपाईँको बोली सुन्दाखेरि तपाईँ इन्डियन ओरिजिनको जस्तो लाग्यो, हैन भनेर सोध्नुभयो।

मैले भनेँ, ‘म इन्डियाको होइन, नेपालको हो, तर इन्डियामा मेडिसिन चाहिँ गरेको हुँ।’ उहाँले बडा मजासँग भन्नुभयो, ‘यो पन्ध्र वर्षमा इन्डियातिरको कोही पनि एट्कीन्सन मोर्लीमा काम गरेको मलाई थाहा छैन। त्यहाँ काम पाउन असाध्यै गाह्रो छ भन्ने सुन्छु, तपाईँले पाउनुभयो?’ मैले भनेँ, ‘सायद म भाग्यमानी भएर पाएको होला।’ आफूले घमण्ड गर्ने कुरा भएन।

उहाँले कसरी राख्नुभयो जवाफ भने, ‘लक अलोन डज नट गिभ यु जब इन एट्कीन्सन मोर्ली।’

अनि मैले ‘धन्यवाद’ भनेँ।

त्यस्तो खालको फर्मिडेबल रेपुटेसन थियो, एट्कीन्सन मोर्लीको। काम गर्न जाने मान्छेहरु, मरिन्छ की बाँचिन्छ, पेशामा ज्यान दाउमा लगाएर जाने चलन थियो।

यसरी थुप्रै घटना भए, त्यसले हामीलाई बलियो बनाउँदै, बलियो बनाउँदै, बलियो बनाउँदै अनि तिखार्दै लग्यो। सर्जरी धेरै गरिन्थ्यो, खप्की पनि खाइन्थ्यो। कहिलेकहिले प्रशंसा।

त्यो एट्कीन्सन मोर्लीको समय बिताएर म अगाडि पनि भनिहालेँ, एउटा घटनाले मलाई चित्त दुखायो, जुनियर रजिस्ट्रार र अर्को सिनियर रजिष्ट्रारले मलाई बाइपास गरेर एउटा बिरामी हेरेको र कन्सलट्यान्टले मलाई सोध्दै नसोधी ड्युटीमा आउन अल्छी गरेको जस्तो अन्दाज गरेर जुन व्यवहार गर्नुभयो, त्यसले मलाई पाठ पढायो। यसबारे मैले विस्तारमा पहिले नै भनिसकेको छु।

उहाँ अलि पुरानो खालको कन्सल्ट्यान्ट भएको भएर कता कता उहाँमा चाहिँ कोलोनियल मास्टरको धङधङी अझै पनि भएको जस्तो लाग्यो मलाई। एसियनहरुलाई इन्सल्ट गर्न अधिकार नै हो जस्तो र हामी उनीहरु भन्दा कम थिएनौँ। अब अहिले यो भन्यो भने रेसिस्ट भन्छ। एक दिन म ड्युटीमा थिएँ। त्यहाँ चाहिँ कसले अप्रेसन गर्ने भन्ने लिस्टमा लेख्ने चलन थियो।

एक जना महिला, आफैँ मेडिकल स्टुडेन्ट, रगतको नशा फुटेर भर्ना गरिएको, जसलाई हामी एनरिजम भन्छौँ। रगतको नसा टाउकोमा फुटेर, ब्रेन हेमरेज भएर भर्ना भएको भोलिपल्ट अप्रेसन गर्नेवाला थियौँ। त्यो अप्रेसन चाहिँ मेरो भागमा परेको थियो। राति ११ बजेसम्म म काम गर्दै थिएँ। त्यो महिलालाई थाहा थियो, मैले अप्रेसन गर्दैछु भन्ने। मलाई हात उठाएर बोलाइन्।

म गएँ, ‘केही थियो, मलाई किन बोलाउनुभयो’ भनेँ।

‘डाक्टर तपाईँ भोलि मेरो टाउकोमा अप्रेसन गर्दै हुनुहुन्छ, म चाहिँ तपाईँ अहिले आराम गरेर भोलि बिहान फ्रेस भएर अप्रेसन गरेको देख्न चाहन्छु, जानुस् आराम गर्नुहोस्।’

मैले सोधेँ उनलाई, ‘तपाईँको टाउकोको अप्रेसन गर्ने कुरामा के तपाईँ मलाई विश्वास गर्नुहुन्छ?’

अनि उहाँले बडोँ सटिक पाराले भन्नुभयो, ‘अवश्य, तपाईँ त्यो क्षेत्रको मान्छे, यहाँ आएर यस्तो ठाउँमा उनीहरुको लेबलमा पुग्नु भनेको यहाँका स्थानीय समकक्षीभन्दा अलि बढी नै क्षमता नभई तपाईँ यहाँ आइपुग्नुहुन्न, त्यसकारणले मलाई तपाईँमाथि धेरै विश्वास छ।’

अरु अस्पतालको रजिस्ट्रारका लागि यो डाहाको कुरा थियो। किनभने एट्कीन्सन मोर्लीको रजिस्ट्रारले गर्ने काम अन्तको सिनियर रजिस्ट्रारले गर्थ्यो। एट्कीन्सन मोर्लीको सिनियर रजिस्ट्रारले गर्ने काम अन्तको कन्सल्ट्यान्टले गर्थ्यो।

उनीहरुभन्दा ट्रेनिङ्गमा एक स्टेप अगाडि थियौँ हामी। ठूलाठूला मिटिङ्गमा पनि एकनलेज हुन्थ्यो त्यो। एट्कीन्सन मोर्ली हाई भोल्युम युनिट हो, त्यहाँ ट्रेनिङ्ग लिने मान्छेहरु अरु ठाउँको भन्दा सर्जरीमा धेरै अगाडि छन्।

त्यसको अमेरिकाको सियाटल विश्वविद्यालयमा सम्बन्ध थियो। किनभने त्यो बेलाका सियाटलका तत्कालीन प्रोफेसरहरु त्यहाँ आएर तालिम लिएर जान्थे। मोर्लीको तालिमको इन्टेनसिटी बुझेको भएर। युनिभर्सिटी वासिङ्टन सिआटल। साथीहरु एक एक वर्षको लागि रोटेसनमा आउँथे, उनीहरु पनि फर्कने बेलामा प्रशस्त प्राक्टिकल गर्न पाइयो अमेरिकामा भन्दा भनेर मख्ख पर्थे। त्यही बेलामा अहिले अमेरिकाका न्यूरो सर्जरीका दश आठजना मध्येका प्रसिद्ध न्यूरो सर्जनसँग पर्सनल चिनजानी भयो। एउटै ठाउँमा काम गरेको भएर बन्धुत्व हुने। अहिले पनि मैले काम गरिरहेको छुँ, सिआटलको साथीसँग।

त्यो सबै वाइली म्याककिसकले सन् १९६० मा ब्रेन ह्यामरेजमा रिसर्ज गरेर संसारमा आफूलाई चिनाउनु भयो। त्यसपछि ९१७२ मा एट्कीन्सन मोर्लीले नै सिटिस्क्यान बनायो पहिलो। यी दुईटा कारणले गर्दा एट्कीन्सन मोर्लीले इतिहासमा आफ्नो नाम स्थापित गरेको थियो।

धेरै मान्छे त्यहाँ तालिम गर्न आउन लालायित हुन्थे। मैले त्यो बेलासम्म ग्लास्गोको वैज्ञानिकता र तथ्यमा आधारित अभ्यासहरु, सर्जरीहरु सिकेर एट्कीन्सन मोर्लीमा प्राक्टिकल सर्जरी सिक्न पाउँदा आफूमा नयाँ कन्फिडेन्स आइसकेको थियो।

दुई वर्ष एट्कीन्सन मोर्ली सकेर नेसनल हस्पिटल क्विनस्क्वायरको जब पाउँदाखेरि अर्को आयाम थपियो। क्विन्स स्क्वायर संसारको पहिलो डेडिकेटेड न्युरोलजिकल इन्स्टिच्यूट हो। सबैभन्दा पुरानो। त्यो भन्दा पहिले डेडिकेटेड न्युरोलजिकल इन्स्टिच्यूट थिएनन्।

नामचाहिँ नेसनल हस्पिटल फर नर्भस डिजिजेज भने पनि बेलायतमा जहाँ जुन लोकेसनमा छ, त्यही लोकेसनका आधारमा अस्पतालको नाम भन्ने चलन थियो। जस्तो हाम्रो वीर अस्पतालमा जाँदा टुँडिखेल गाको थिएँ भनेजस्तै उनीहरुले क्विन्स स्क्वायर भन्ने चलन थियो। अहिले पनि जो पनि त्यहाँ काम गरेको नभनेर क्विन्स स्क्वायर भन्छन्, नेसलन हस्पिटल भन्दैनन्। अनि क्विन्स स्क्वायरको जब पाएपछि म त्यहाँ जाने भएँ। त्यसले नयाँ आयाम थप्छ भन्ने मलाई विश्वास थियो।

पहिलो कुरो प्रोपर सिनियर रजिस्ट्रारको जब थियो त्यो। दोस्रो क्विन्स स्क्वायरको न्युरो सर्जरी अलिकति रिफाइन तरिकाको, अर्कै खालले गर्थे उनीहरु। रिल्याक्स थियो वातावरण, इमर्जेन्सीको लोड थिएन। त्यहाँ हेड इन्ज्युरियर्स, माइनर इन्ज्युरीहरु लिँदैनथे। इमर्जेन्सी त्यति धेरै हुँदैनथे।

त्यो सँगै मलाई अर्को आकर्षण थपियो के भने त्यो जबमा अर्को पेडियाक्टिड हस्पिटल जुनचाहिँ विश्वमा एक नम्बरमै पर्छ भने पनि हुन्छ। ग्रेट ओरमण्ड स्ट्रिट हस्पिटल भन्छ।

त्यो अस्पताल यति प्रसिद्ध बच्चाको ट्रिटमेन्टका लागि, बेलायतका भावी राजा प्रिन्स विलियम्सको टाउको फुट्दाखेरी त्यहीँ अप्रेसन गरेको थियो मेरो बोसले। अहिले पनि हेर्‍यो भने हल्का स्क्यार देखिन्छ फोरहेडमा। त्यो अन्तर्राष्ट्रिय ख्याति पाइसकेको अस्पताल १८८२ मा चिल्ड्रन्स हस्पिटल टोरन्टोमा बनाउँदाखेरि क्यानडियनहरुले ग्रेट ओर्मन्ड स्ट्रीट हस्पिटल जस्तै बनाउने भनेर त्यहाँको एउटा टुक्रा इँटा लगेर जग राखेका थिए।

त्यो ऐतिहासिक तथ्य हो। ग्रेट ओरमेन्ड चिल्ड्रेन हस्पिटलमा काम गर्न पाउने हुँदा खेरि बच्चाको न्युरो सर्जरी पनि सिक्न पाउने र त्यसपछि नेपाल फर्किने योजना थियो। यो मानेमा त्यो जबले मलाई अहिलेसम्म सिक्न बाँकी रहेका कुराहरु सिक्ने मौका दिन्छ भनेर म त्यहाँ जान लालायीत भएँ। म त्यहाँ जाने भएपछि मलाई विदाको तयारी गरे एट्कीन्सन मोर्लीमा।

साथीहरुले मलाई तीनवटा गिफ्ट दिएका थिए। रातो मोजा, रुमाल र एउटा नोटबुक।

ती तीनवटा गिफ्ट एट्कीन्सन मोर्लीका तीनवटा कन्सल्टेन्टहरुको चरित्रलाई प्रतिनिधित्व गर्थे। रातो मोजा एक जोर दिएका थिए। त्यो मोजा रिचार्डसन, त्यहाँका टास्क मास्टरलाई प्रतिनिधित्व गर्थ्यो। उहाँले अरु जस्तो सुकै लुगा लगाए पनि रातो मोजा लगाउनु हुन्थ्यो। उहाँको ट्रेडमार्क रातो मोजा। अर्को कन्सल्टेन्ट हुनुहुन्थ्यो डेबिट आट्लीलाई, उहाँ जे लुगा लगाएपनि कोटमा ह्याङ्करचिफ जहिले पनि राख्ने। त्यो उहाँको ट्रेडमार्क।

सबैभन्दा योङ कन्सल्टेन्ट टोनी बेलचाहिँ केही कुरो बिर्सन्छ कि भनेर सधैं नोटबुक लिएर नोट गरिहाल्ने। त्यसलाई त्यो बेला फाइलो फ्याक्स भन्ने चलन थियो। यी तीनवटा गिफ्ट दिएर सानो नोटमा लेखेका थिए साथीहरुले। आशा छ यी तीनवटा कुराले तपाईँलाई सधैं एट्कीन्सन मोर्लीको सम्झना गराउला। नेपालमा सफल हुनका लागि यी तीनवटा कुरा आवश्यक पर्छ भनेर दिएका थिए। म पछिसम्म सम्झिन्थें।

म पछिसम्म सम्झन्थें, रिचार्डसन (रातो मोजावाला) डिसिप्लेन र टफ्नेस, ह्याङ्करचिप्स हाल्ने डेविट अट्ली जहिले पनि अग्रेसिभ सर्जरी गर्ने, सर्जरी गर्न उहाँ पछाडि नपर्ने। उहाँले धेरै ठूला र नयाँ–नयाँ सर्जरी गरेर देखाउनु भयो। उहाँ बेलायतको स्कलवेड सर्जरीको पायनियर नै हो। त्यसले अग्रेसिभ सर्जरी नगरी अगाडि जाँदैनस् भन्ने हो।

तेस्रो फाइलोफ्याक्स वालाले के म्यासेज दियो भने जे सुकै कुरो पनि डकुमेन्ट गर रेकर्ड मेन्टेन गर नत्र बिर्सिहाल्छ। यी तीनवटा कुरा गर्न सक्यौ भने तिमी नेपालमा सफल हुन्छौ भनेर मलाई म्यासेज दिएर पठाए। ह्याङकरचिप्स र फाइलोफ्याक्स अहिले पनि मसँग छ। रातो मोजा पछि म आफैं किन्न थालें। त्यसपछि क्विन्स स्क्वायरमा काम गर्न थालेँ।

यो पनि पढ्नुहोस्

जेष्ठ १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्