शिल्पी थिएटरमा तीनमहिने स्टोरीटेलिङ वर्कसप

काठमाडौँ– शिल्पी थिएटरले नाट्यकर्मसम्बन्धी तीन महिने स्टोरी टेलिङ् वर्कसप गर्दैछ। गएको चार वर्षदेखि थिएटरमा कलाकारिता सिकाउँदै आएको शिल्पीले नवौँ व्याचको उत्पादनको लागि आगामी असार १ गतेदेखि तालिम सुरु गर्ने भएको हो।

दिनमा पाँच घण्टा हुने यो तालिम सघन रहेको नाटककर्मी तथा प्रशिक्षक घिमिरे युवराजले बताए। उनको अनुसार यो प्रशिक्षणमा धेरै मेहनत गर्नुपर्छ।

स्टोरी टेलिङ्ग वर्कसपमा अक्रोव्याटिक, संगीत, आवाज र संवाद लगायत अभिनयका विभिन्न आयामहरुको प्रशिक्षण गरिनेछ। वर्कसपमा सहभागी हुन २० हजार रुपैयाँ शुल्क लाग्ने र शैक्षिक योग्यता प्लस टु हुनु पर्ने घिमिरेले बताए। प्रशिक्षण नेदरल्याण्डकी लिमा रोड र घिमिरे युवराजले दिनेछन्।

जेठ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्