शिल्पीमा शरणार्थीको कथामा ‘कोरा’

काठमाडौँ– शरणार्थीको संघर्षपूर्ण यात्रा र जीवनशैलीको कथा ‘कोरा’ प्रदर्शन भइरहेको छ। यो तिब्बती शरणार्थी तेञ्जिङ सुण्डुको कवितामा आधारित नाटक हो। नाटकमा सुण्डुका ४ ओटा कवितालाई जोडिएको छ, यो नाटकले तिब्बती शरणार्थीको विस्थापनको पीडादायी कथा प्रस्तुत गर्ने निर्देशक लुनिभा तुलाधरले जानकारी दिइन्। नेपाल र भारतमा अनागरिक भई बाँच्नुको पीडा, डर र कुनै दिन घर फर्कने आशाबीच नाटकको कथा बुनिएको छ।

यो कथालाई शिल्पी थिएटरको आठौँ व्याचका विद्यार्थीहरुले प्रस्तुत गर्नेछन्। नाटकमा प्रयोग हुने प्रप्स तथा मञ्च, सज्जा सामग्रीहरु सबै कलाकार आफैँले तयार पारेका हुन् । नाटक योभन्दा अगाडि अरु पात्रले प्रस्तुत गरिसकेका छन्। अहिले नयाँ कलाकारलाई लिएर नाटक प्रदर्शन गर्न लागिएको हो।

नाटकमा निर्मला साउद, दिप्ती पौडेल, विपुल थापा, सर्मिला श्रेष्ठ, सुरज केसी, नारानाथ चुवाई, विपिम केसी, सुदर्शन खत्री, विजय नेपाल, अनिश ठकुरी, शरज तमु, धिरेन लिम्बु, विकाश शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ। जेठ १७ देखि सुरु भएको नाटक जेठ ३१ गतेसम्म चल्नेछ।

जेठ १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्