खुकुरी र लागू औषधसहित दुई व्‍यक्ति पक्राउ

पोखरा-जिल्ला प्रहरी कार्यालय कास्कीले खुकरी र लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।

कास्की प्रहरीले १२ बुँदे कार्ययोजना अन्तर्गत पोखरा नगर आसपासका इलाकामा गरेको स्विप अप्रेशन तथा प्रहरी चेकिङको क्रममा उनीहरुलाई जेष्ठ १७ गते पक्राउ गरेको हो।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ पृथ्वीचोकबाट सादा पोसाकमा खटिएको प्रहरीले खुकुरी थान १ र लागू औषधी फाईल १ (१० चक्की) नाईट्रोभ्याट सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला स्याङजा पुतलिबजार नगरपालिका वडा नं. १ वस्ने वर्ष २० को सुवास गुरुङ र चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं २ घर भई पोखरा लेखनाथ महानगरपालिका रत्न चोक बस्ने वर्ष १७ को प्रिथिवी प्रजा रहेका छन्।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए।

जेठ १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्