एलर्जीले पीडित हुनुहुन्छ? यसरी बच्‍नुस्

काठमाडौं- एलर्जीको खास कारण भनेकै शरीरमा प्रतिकूल प्रतिक्रिया हुनु हो। खानेकुरा, प्रयोग गर्ने कतिपय सामग्रीदेखि, वातावरण र मौसमले समेत एलर्जी हुने गर्छ। हामीले देख्‍न सक्छौ कसैलाई बिहान उठ्ने वित्तिकै चिसोको कारण निरन्तर हाच्छ्युँ आउछ भने कसैलाई कुनै औषधि खाँदा वा लगाउँदा एलर्जी हुन्छ।

कपालमा मेहन्दी लगाउँदा पनि कतिलाई एलर्जी हुने हुन्छ भने कतिलाई पानी छुँदासम्म एलर्जी हुने गरेको पाइएको छ। एलर्जीकै कारण कतिपयलाई श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने वा छाती पोल्ने समस्या देखिएमा तत्काल चिकित्सककहाँ जानुपर्छ। विशेष गरी बारुला, अरिंगाल, माकुरा लगायतका किरा र झिँगाले टोक्दा शरीर निकै सुन्निने गर्छ।

के कारणले हुन्छ एलर्जी?

धुलोको एलर्जी

धुलोका कणहरु नाकभित्र छिरेर नाक बन्द हुने, हाच्छ्यू आउने, खोकी लाग्ने र घाँटी खसखस हुनु धुलोको एलर्जी हो।

यस्तो समस्याबाट आम सहरिया मानिस र विशेष गरी धुलो धुवाँमा काम गर्ने व्यक्ति प्रभावित हुन्छन् । यसैले धुलो धुवामा काम गर्दा मास्कको प्रयोग गर्नु पर्छ।

खानेकुराको एलजी
खानेकुरामा हुने प्रोटिनले पनि शरीरमा एक प्रकारको एलर्जी बनाउँछ। बदाम, अन्डा, बनेका परिकारले ९० प्रतिशतसम्म एलर्जी हुने गरेका विभिन्न अध्ययनले पुष्टि गरेका छन्।

मौसमी एलर्जी
मौसम र वातावरण परिवर्तनसँगै मानिसलाई विभिन्‍न प्रकारका एलर्जी हुने गर्छ। चिसो मौसम सुरु हुँदा निरन्तर हाच्छ्यँु आउने गर्छ । त्यस्तै गर्मी मौसममा आँखा रातो हुनु, अनुहारमा डावर आउनु, छालाको कत्ला परिवर्तन हुने गर्छ।

जनावरबाट हुने एलर्जी

घरेलु कुकुर, विरालो, खरायो, सुगा लगायतका पन्छी र जनावरबाट पनि एलर्जी हुने गर्छ। यी पन्छी र जनावरका प्वाँख, छाला, नंग्रा इत्यादिबाट एलर्जी हुने सम्भाबना रहन्छ।जनावरको शरीरमा टाँसिएको धुलो र तिनीहरुको गन्धले मानिसलाई घन्टौंसम्म टाउँको दुख्ने, बान्ता आउने वा रिंगटा लाग्ने गर्छ। विशेष गरी चिडियाखानामा जाँदा मानिसलाई यस्तो समस्या देखिन्छ।

औषधिबाट हुने एलर्जी

औषधीले शरीरभित्र सिर्जना गर्ने रासायनिक परिवर्तन वा औषधिप्रति शरीरको रोग प्रतिरोधात्मक नकारात्मक प्रतिक्रियाले पनि शरीरमा एलर्जी हुने गर्छ। यो एलर्जी निकै घातक हुन्छ र कहिलेकाहीँ ज्यानै जान सक्छ।

कस्मेटिक एलर्जी
कस्मेटिक सामग्रीमा प्रयोग हुने रसायनहरुले छालामा फोका, पसिना आउने र अनुहार रातो भएर सुन्‍निने तथा चिलाउने हुन्छ।

एलर्जीका लक्षण
धुलो, मौसम परिवर्तन र जनावरबाट हुने एलर्जी श्वास फेर्न गाह्रो हुने, नाकबाट पानी बग्ने, आँखा सुन्निने, आँखाबाट आँसु आउने, रिंगटा लाग्ने, टाउको र घाँटी दुख्ने र नाक थुनिने गर्छ।

खानाको एलर्जीले मुख र घाँटी दुख्‍ने तथा सुन्निने, नपच्ने, बान्ता आउने, रिंगटा लाग्ने, पेट दुख्ने र पखाला लाग्ने हुन्छ। त्यस्तै श्वासप्रश्वासमा समस्या आउने, खोकी लाग्ने र हाच्छ्यू आउने गर्छ।

औषधी र कस्मेटिक एलर्जीले श्‍वास फेर्न गाह्रो हुने, छाला रातो हुने, फोका आउने, पसिना आउने, जस्ता लक्षण देखिन्छ ।

एलर्जीबाट बच्‍ने उपाय
खानेकुराको या प्रयोगमा आउने कुनै कुराको एलर्जी हुन्छ भने त्यसबाट साबधान अपनाउनु नै प्रभावकारी उपाय हो।

नाकको एलर्जी वा हाच्छ्यू आउने समस्या छ भने धुवाँ, धुलो भएको ठाउँमा जाँदा सकभर मास्क लगाउने।

एलर्जी हुने खानेकुराको पहिचान गरी एलर्जी हुने खानेकुरा नखाने।

जनावर र पन्छीसँग धेरै सामिप्यता नबढाउने।अरिंगाल, वारुला र माकुराले टोक्दा सम्पूर्ण शरीर सुन्निएमा तत्काल चिकित्सक कहाँ जानुपर्छ।

जेठ १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्