गायिका देविका बन्दनाको दोस्रो हिन्दी गीत ‘अब दिल जरा जरा’

काठमाडौँ– गायिका देविका बन्दनाले दोस्रो हिन्दी गीत ‘अब दिल जरा जरा’ गीत सार्वजनिक भएको छ। युग भूषालको शब्द अनि संगितमा बनेको यो गीतमा बन्दनाको एकल गायन छ। गीतलाई भिनस वर्ल्ड वाइड इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो । गायिका बन्दनाले गीत बन्नको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन्।

गीत सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख अतिथि रहेकी कुन्ति मोक्तानले देविकाले गरेको काम गौरवको विषय रहेको बताइन्। उनी जहाँ पुग्छिन्, त्यही नेपालको नाम पनि लैजाने भएकाले नेपालीहरु सबै क्षेत्रमा सक्षम छन् भन्ने सन्देश जाने उनले बताइन्।

कुनै बेला पार्श्व गायिकाको रुपमा परिचित बन्दना अहिले भने फुटकर गायन र एल्बमहरुमा व्यस्त छिन्। १४ एकल एल्बम बजारमा सार्वजनिक गरिसकेकी बन्दनाले नेपाली भाषासँगै मैथली, भोजपुरी, नेवारी, हिन्दी भाषामा गीतहरु गाइसकेकी छिन्। अब उनले पञ्जावी र मराठी भाषामा गीत गाउँदै छिन्।

वि सं २०४५ सालमा पहिलो गीत ‘हे मायालु तिमीलाई’ बोलको गीत गाएकी बन्दनाले एक हजार भन्दा धेरै गीतमा स्वर दिइसकेकी छिन् । शुक्रबार सार्वजनिक भएको यो गीत हिन्दी भाषाको दोस्रो गीत हो ।

गित हिन्दी भाषामा गाइएको भएपनि गीतको सुटिङ भने नेपालमा नै गरिएको हो । गीतमा नेपाली मोडल तथा नायक अनुप विक्रम शाहि देखिएका छन् भने उनको अपोजिटमा भारतीय मोडल पारुल गुलाटी फिचर छिन्, सँगै नेपालका फोटोग्राफर राजु भाइ सुवाल पनि देखिएका छन् । भिडियो डिरेक्सन बिजेश भूषालले गरेका हुन् । यो गीत हिन्दी गितको भिडियो देखाउने बिफो र नाइन एक्स एमबाट पनि प्रशारण हुने छ।

गायिका बन्दनाले यो भन्दा पहिला ‘बस तेरा नाम’ बोलको गीत सार्वजनिक भइसकेको छ। यो गीतमा पनि शब्द युग भूषालकै थियो र बन्दनालाई यो गीतमा हिन्दी गायक कुनाल गन्जावालाले साथ दिएका छन् ।

जेठ १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्