गेउरका मेला गएका किशोरको नदीमा डुबेर मृत्यु

महोत्तरी – महोत्तरीको गेउरका मेला हेर्न आएका एक किशोरको नदीमा डुबेर मृत्य भएको छ । आइतबार बिहान मेला हेर्न आएका किशोरको मृत्यु भएको र उनी भारत बिहार दुर्गापट्टीका सुनिल मिश्रका १५ वर्षका छोरा लभकुमार मिश्र रहेको प्रहरीले जनाएको छ ।

महोत्तरीको एकडारा गाउँपालिका ६ र महोत्तरी गाउँपालिका ३ स्थित चार नदिको संगमस्थलमा लागेको गेउरका मेला हेर्न पुगेका लभकुमार मिश्र नदीमा हाम फाल्दा डुबेको स्थानीयबासीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।

मृतक किशोरको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।

जेठ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्