ओपोद्वारा ‘एआर–सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

काठमाडौँ– सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले एआर–सेल्फी कन्टेष्टका विजेताह?लाई पुरस्कार वितरण गरेको छ । उपहार हस्तान्तरणका लागि ओपोको कमलपोखरी स्थित ग्राहक सेवा केन्द्रमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले पुरस्कार हस्तान्तरण गरे ।

कम्पनीले मासिक रुपमा आयोजना गरिने सामाजिक सञ्जाल क्याम्पेनको सिरिज अन्तर्गत यो कन्टेष्ट मे २१ देखि २८ सम्मका लागि आयोजना गरिएको हो । कम्पनीद्वारा भरखरै सार्वजनिक ओपो एफसेवेन सिरिजमा उपलब्ध गरिएको एआर स्टिकरको प्रचारका लागि क्याम्पेनको आयोजना गरिएको कम्पनीले बताएको छ ।

निहारिक शर्मा, सुमित्रा लामा र युमिसा लामा क्याम्पेन विजेता घोषित भएका छन् ।

जेठ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्