प्रिन्सिपलसँग अवैध सम्बन्ध राख्ने महिलालाई कारबाही गर्न माग गर्दै श्रीमान र छोराछोरी पुगे प्रहरी कार्यालय

सांकेतिक तस्बिर।

धनगढी – अवैध सम्बन्ध राख्ने बोर्डिङ स्कुलका प्रिन्सिपल र एक महिलालाई स्थानीयले पक्राउ गरेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कनरीको ब्रम्ह एकेडेमीका प्रिन्सिपल चन्द्रबहादूर साहुले एक महिलासँग शारिरीक सम्पर्क गरिरहेका बेला रंगेहात पक्राउ परेपछि स्थानीयले उनीहरु दुवैलाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएका हुन् ।

‘स्थानीयले सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता गराए का छन्’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले भने, ‘आइतबार नै अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेका छाैं । दुवै जनालाई हिरासतमा राखिएको छ ।’

विवाहित प्रिन्सिपल साहुले नाति नातिना समेत रहेकी ती महिलासँग लामो समयदेखि शारिरीक सम्पर्क राख्ने गरेको स्थानीयको आरोप छ ।
दुवै जनालाई यसअघि पनि पटक पटक त्यस्तो नगर्न सम्झाई बुझाई गरेको तर उनीहरुले नमानेपछि पक्राउ गरेर प्रहरीलाई बुझाएको गाउँलेहरुले बताएका छन् ।

प्रहरीका अनुसार दुवै जनालाई कारवाही हुनुपर्ने माग राख्दै महिलाका श्रीमान र छोराछोरी पनि जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका थिए ।

जेठ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्