विश्वकपका लागि आयोजक रुसको टिम

टिम रुसमा जुम्ल्याहा दाजुभाइ, ३८ कटेका सर्गेइ र अरु

आयोजक रुसले विश्वकप फुटबलका लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । रुसले विश्वकपका लागि घोषणा गरेको २३ सदस्यीय टोलीमा अधिकांश खेलाडी रुसकै लिगका विभिन्न क्लबबाट खेल्ने रहेका छन् ।

यो टोलीमा आउँदो जुलाईमा ३९ वर्ष लाग्ने डिफेन्डर सर्गेइ इग्नाशेविच पनि परेका छन् । उनले चोटग्रस्त रुस्लान काम्बोलोवको ठाउँ लिएका हुन् ।

टोलीमा युरी जहिर्कोभ र अ्रटेम डिज्युबा, एलन डिज्यागोभ, इगोर एकिन्फेभ जस्ता स्टार खेलाडी छन् । यस्तै रुसको टोलीमा जुम्ल्याहा दाजुभाइ पनि परेका छन् ।

एलेक्सी र एन्टोन मिरान्चुक टोलीमा परेका छन् । उनीहरु सन् २००६ पछि विश्वकप खेल्ने पहिलो जुम्ल्याहा दाजुभाइ हुनेछन् । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा स्वीट्जरल्याण्डका जुम्ल्याहा फिलिप र डेविड डिगेनले विश्वकप खेलेका थिए ।

रुसले जुन १४ मा विश्वकपको उद्घाटन खेलमा साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । समूह ए मा रहेको रुसले अरु खेलमा इजिप्ट र उरुग्वेको पनि सामना गर्नेछ ।

टिममा को को परे ?

गोलरक्षक : इगोर एकिन्फेभ, भ्लादिमिर गाबुलोभ, एण्ड्री लुनेभ

डिफेन्डरस् : भ्लादिमिर ग्रानाट, फेडोर कुड्रयाशोभ, इल्या कुतेपोभ, एण्ड्री सेमेनोभ, सर्गेइ इग्नाशेभिच, मारिओ फर्नान्डेस, इगोर स्मोल्निकोभ

मिडफिल्डरस् : युरी गजिन्स्की, एलेक्ससान्ड्र गोलोभिन, एलन डिज्यागोभ, एलेक्ससान्ड्र एरोखिन, युरी झिर्कोभ, डालेर कुज्याभ, रोमन जोब्निन, एलेक्ससान्ड्र सामेडोभ, एन्टोन मिरान्चुक, डेनिस चिरिशेभ

फरवार्डस् : अ्रटेम डिज्युबा, एलेक्सी मिरान्चुक, फेडोर स्मोलोभ

जेठ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्