हामी फर्कियौँ

पाँच महिनापछि मुस्कुराउँदै पृथ्वीमा, साथमा ल्याए फुटबल

पाँच महिनाको बसाइपछि तीनजना अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन, आइएसएसका तीन सदस्य सुरक्षित रुपमा पृथ्वी फर्किएका हुन् ।

उनीहरुले आइएसएसको मिसनका लागि पाँच महिना अन्तरिक्षमा बिताए । सोयुज् स्पेस क्याप्सुलले उनीहरुलाई पृथ्वीमा ल्याएको हो ।

रुसी अन्तरिक्ष यात्री एन्टोन श्खाप्लेरोभ, अमेरिकी अन्तरिक्ष यात्री स्कट टिङ्गल र जापानका अन्तरिक्ष यात्री नोरिशिगे बानाइ सुरक्षित रुपमा पृथ्वी फर्किएका हुन् । उनीहरुलाई सोयुज् स्पेस क्याप्सुलले काजखस्तानमा सुरक्षित रुपमा अवतरण गराएको हो ।

उनीहरु नेपाली समय अनुसार आइतबार बेलुका ६ बजेर २४ मिनेट जाँदा पृथ्वीमा अवतरण गरेका हुन् । रुसको अन्तरिक्ष एजेन्सीले सार्वजनिक गरेको भिडियोमा उनीहरु पृथ्वीमा सुरक्षित अवतरण गरेको देखिएको छ ।

एन्टोन श्खाप्लेरोभ

तीनजना मध्ये सबैभन्दा पहिले एन्टोन श्खाप्लेरोभ क्याप्सुलबाट उत्रिएका हुन् । उनले भने, ‘हामी केही थाकेका छौँ तर जे ग¥यौँ त्यसका लागि खुशी छौँ र पृथ्वीमा फर्किन पाएकोमा पनि खुशी छौँ ।’

स्कट टिङ्गल

त्यसपछि स्कट टिङ्गललाई बाहिर निकालिएको हो । उनी मुस्कुराइरहेका थिए र हात हल्लाइरहेका थिए । अन्तिममा नोरिशिगे बानाइलाई बाहिर निकालिएको हो ।

तीनैजना सिटमा बसेका थिए र उनीहरुका गोडामा ब्ल्यांकट थिए । टिङ्गल र कानाइ हड्सन, टेक्सास फर्किनु पूर्व काजखस्तानको कारागान्डा शहरको भ्रमण गर्दै छन् ।

नोरिशिगे बानाइ

श्खाप्लेरोभ भने फुटबलसहित मस्को फर्किने छन् । उनले ल्याएको फुटबल विश्वकप फुटबलमा प्रयोग गरिने सम्भावना छ । आइएसएसले सार्वजनिक गरेको भिडियोमा श्खाप्लेरोभ र उनका साथी अन्तरिक्ष यात्रीले फुटबल प्राक्टिस गरेको देखाइएको छ ।

यो बल विश्वकपको उद्घाटन खेलमा प्रयोग हुने सम्भावना छ । यसबारे विश्व फुटबलको प्रशासकीय निकाय फिफाले भने अहिलेसम्म केही बताएको छैन ।

तस्बिरहरु : एएफपी

जेठ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्